News Summary
Generated by OK AI. Editorially reviewed.- आसन्न विश्वकप अघि लियोनल मेस्सी र लामिन यमालसहितका स्टार फुटबल खेलाडीहरूको चोटले राष्ट्रिय टोलीहरूमा चिन्ता बढाएको छ ।
- फ्रान्सका ह्युगो एकिटिक र जर्मनीका सर्ज गनाब्री चोटका कारण आसन्न विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएका छन् ।
- अर्जेन्टिनी कप्तान लियोनल मेस्सी चोटपटकबाट पूर्ण रूपमा निको भए वा नभएको विषय अझै स्पष्ट हुन सकेको छैन ।
२१ जेठ, काठमाडौं । लियोनल मेस्सी र लामिन यमाल लगायत फुटबलका केही स्टार खेलाडीहरूको चोटले विश्वकप अघि चिन्ता बढाएको छ ।
यी खेलाडीलाई संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने प्रतियोगिताका लागि आ–आफ्नो राष्ट्रिय टोलीमा समावेश गरिएको छ । तर, उनीहरु पूर्ण फिट छन् या छैनन् भन्ने यकिन भएको छैन ।
अर्जेन्टिनाका खेलाडी मेस्सीले गत महिना इन्टर मियामीका लागि खेल्ने क्रममा चोटपटक लागेर मैदान छोडेपछि सबैभन्दा ठूलो त्रास पैदा गरेका थिए । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले आफ्नो उपाधि रक्षा गर्ने लक्ष्य राखेकाले प्रशिक्षक लियोनेल स्कालोनीको टोलीमा उनलाई समावेश गरिएको छ ।
तर ‘मांसपेशीको थकान’ भनिएको उक्त समस्याबाट उनी पूर्ण रूपमा निको भइसकेका छन् वा छैनन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।
स्पेनका नयाँ सुपरस्टार यमालले ह्यामस्ट्रिङको चोटका कारण बार्सिलोनाका लागि सिजनका अन्तिम हप्ताहरू गुमाएका थिए । जसले गर्दा उनलाई आफ्नो पहिलो विश्वकप गुम्ने डर पैदा भएको थियो । ‘मलाई त्यो खेल याद छ जसमा म घाइते भएको थिएँ,’ उनले भने, ‘म भित्रभित्रै यो गम्भीर नहोस्, केवल क्र्याम्प वा त्यस्तै केही होस् भनेर प्रार्थना गरिरहेको थिएँ, किनभने मलाई थाहा थियो विश्वकप धेरै नजिक छ ।’
फ्रान्सका स्ट्राइकर ह्युगो एकिटिक अप्रिलमा एकिलिसको चोटबाट ग्रसित भएका थिए । जसलाई निको हुन ६ महिनाभन्दा बढी समय लाग्न सक्छ । यसले गर्दा उनी विश्वकप र सम्भवतः लिभरपुलसँगको अर्को सिजनको सुरुवाती खेलहरूबाट बाहिरिएका छन् ।
ब्राजिलका स्टार खेलाडीहरू रोड्रिगो र एडर मिलिटाओ पनि बाहिर छन् । प्रशिक्षणका क्रममा आफ्नो एडक्टर मांसपेशी घाइते भएपछि बायर्न म्युनिख र जर्मनीका फरवार्ड सर्ज गनाब्री पनि बाहिरिएका छन् ।
प्रतिक्रिया 4