+
+
Shares

काभ्रे बस दुर्घटनाका घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो (तस्वीरहरू)

घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार सुरु गरिएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८३ जेठ २९ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा बा३ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते भएका १७ जनाको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
  • बनेपाबाट सुँगुरे जाँदै गरेको सो बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टले बताए।

२९ जेठ, काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते भएका १७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको पनि उनले बताए । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार सुरु गरिएको छ । अन्य घाइतेको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?