+
+
Shares

१-१ घण्टाको सेयर बजार सूचक हेर्दैनौँ, दूरगामी नीतिमा काम गरिरहेका छौँ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक एक घन्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौं” भन्दै दीर्घकालीन नीतिमा जोड दिनुभयो।
  • बीमा र सेयर बजारमा भएको अनियमितताका विरुद्ध एक खर्ब रुपैयाँ बराबरको बिगो माग गर्दै मुद्दा चलिरहेको मन्त्री वाग्लेले जानकारी दिनुभयो।
  • सुशासनमा निर्मम बन्दा विगतका आचरण र नियतका कारण केही लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको उहाँले उल्लेख गर्नुभयो।

५ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत व्यवस्थामा काम गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय संसदको प्रतिनिधि सभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभाव हेर्ने भन्दा पनि दीर्घकालीन नीतिहरूमा काम गरिरहेको बताएका हुन् ।

‘एक एक घन्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौँ,’ मन्त्री वाग्लेले भने, ‘युग युगको लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौँ ।’

पूँजी बजारमा ठूलो विचलन आएको बताउँदै उनले पछिल्लो समय बीमा र सेयर बजारमा भएको अनियमितताका विरुद्ध एक खर्बको बिगो माग गर्दै मुद्दा चलिरहेको उल्लेख गरे।

उनका अनुसार सेयर बजार तथा बीमा क्षेत्रलाई केन्द्रमा राखेर विगतमा अनियमितता भएको थियो । ‘यस्तो अवस्थामा सुधारको काम अघि बढाइएको अवस्था छ,’ मन्त्री वाग्लेले भने, ‘यो अवस्थामा सेयर लगानीकर्तालाई आफू पनि अनुसन्धानमा तानिन सक्छु भन्ने त्रास भएको हुन सक्छ ।’

त्यसैगरी सुशासनमा निर्मम ढंगले अघि बढ्दा विगत १०–१५ वर्षका आचरण तथा नियतगत विषयबाट केही लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको उनले बताए ।

बजेटको लक्ष्य अनुसारको नतिजा आउन थालेपछि निजी क्षेत्र निकै उत्साहित भएर अघि बढ्ने उनले दावी गरे । अहिले कमजोर आत्मबल र विश्वासको संकट अवस्था भएपनि यसको सुधार पछि निजी क्षेत्र फस्टाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?