+
+
Shares

पार्टी एकताका लागि जस्तोसुकै त्याग गर्न तयार छु : शशांक कोइराला

अहिले पार्टी विभक्त अवस्था जस्तो देखिएकाले मुलुकको हितका लागि कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न आफू तयार रहेको बताएका छन् ।
  • राष्ट्रिय धान दिवसका अवसरमा कोइरालाले मुलुकको हितका लागि कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको भन्दै कार्यकर्तालाई सहयोगका लागि आग्रह गरेका छन् ।
  • कोइरालाले कृषि उत्पादनमा वृद्धि र किसानको सम्मान गरेमात्र नेपालको समृद्धि सम्भव हुने धारणा व्यक्त गरेका छन् ।

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार रहेको बताएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा कोइराला निवास महाराजगञ्जमा सोमबार आयोजित कार्यक्रममा  उनले यस्तो बताएका हुन् ।

कोइरालाले नेता तथा कार्यकर्तालाई पार्टीलाई एकताबद्ध बनाउनका लागि सहयोग गर्न आग्रह समेत गरे ।

अहिले पार्टी विभक्त अवस्था जस्तो देखिएकाले मुलुकको हितका लागि कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको उनको भनाइ छ ।

आफू सधैं सिंगो कांग्रेसको पक्षमा रहेको उनले बताए ।

कोइरालाले कृषि उत्पादनमा वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणमा सबैको साझा प्रयास सफल होस् भन्ने कामना गरे ।

किसानको हितमा काम गर्न सकेमात्र नेपालको समृद्ध सम्भव हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?