+
+
Shares

सांसदले उठाएका विषयको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।
  • अध्यक्ष दाहालले शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिन सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित हुन निर्देशन दिनुभएको हो ।
  • सांसदहरूले जनसरोकारका विषयमा मन्त्रीहरूबाट समयमै जवाफ नपाएको गुनासो गरेपछि अध्यक्षले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

१७ असार, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् ।

राष्ट्रिय सभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएपनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो ।

‘राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शुन्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु,’ उनले भनेका छन् ।

सांसदहरुको ध्यानाकर्षणपछि सोही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा यस्तो निर्देशन जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?