News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ ।
- शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेपछि अस्पताल परिसरमा आफन्त र सर्वसाधारणको भिड जम्मा भएको छ ।
- स्थितिलाई नियन्त्रणमा राख्न अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
२६ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरू वीर अस्पताल पुगेका छन् ।
वीर अस्पताल परिसरमा गणेशका आफन्त लगायत सर्वसाधारणहरू भेला हुन थालेका हुन् । वीर अस्पताल परिसरमा मानिसहरूको भिड जम्मा हुन थालेपछि प्रहरीलाई पनि तैनाथ गरिएको छ ।
मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो । शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4