+

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको पहिलाे हाफमा नेपाललाई २-० काे अग्रता

२०७८ भदौ  २४ गते १७:५३ २०७८ भदौ २४ गते १७:५३
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको पहिलाे हाफमा नेपाललाई २-० काे अग्रता

२४ भदौ, काठमाडौं । बंगलादेशविरुद्धकाे पहिलाे मैत्रीपूर्ण खेलकाे पहिलाे हाफमा नेपाली महिला टिमले २-० काे अग्रता बनाएकाे छ ।

दशरथ रंगशालामा पहिलाे पटक खेलिरहेकाे नेपालले २३ मिनेटभित्र नै दुई गाेल गरेकाे हाे । दुव‌ै गाेल पहिलाे पटक राष्ट्रिय टिममा खेल्दै गरेका दुई खेलाडीले गरे ।

खेलकाे १४ औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चाैधरीकाे पासमा गाेल गर्दै नेपाललाई अग्रता दिलाइन् ।  २३ औं मिनेटमा अर्का डेब्युटान्ट प्रिती राईले सरु लिम्बुकाे पासमा गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर पारिन् ।

खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय