+
+

गोपीचन्द्र पार्कीलाई एथलेटिक्स परिवारको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १५:४९

४ असोज, काठमाडौं । यही सेप्टेम्बर २६ (असोज १० गते) जर्मनीमा आयोजना हुने बीएमडब्लु बर्लिन म्याराथनमा भाग लिन जान लागेका धावक गोपीचन्द्र पार्कीलाई एथ्लेटिक्स परिवार नेपालले सोमबार बिदाइ गरेको छ ।

एथ्लेटिक्स परिवारले धावक गोपीसंगै प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरेको हो । नेपाली टोली मंगलबार जर्मनी प्रस्थान गर्नेछन् ।

१३औँ दक्षि एसियाली खेलकुद (साग)का स्वर्ण पदकधारी धावक पार्कीलाई एथलेटिक्स संघका पूर्व अध्यक्ष रघुराज वन्त, एथलेटिक्स परिवार, नेपालका सल्लाहकार ऋषी भण्डारी, अध्यक्ष राजन खत्री लगायतका पदाधिकारीहरुले खेल पोशाक र सामग्री प्रदान गरी बिदाई गरेका हुन् ।

सल्लाहकार सुनिल राजवंशी र नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष रघुराज वन्तले धावक पार्की र प्रशिक्षक श्रेष्ठलाई खुराकी खर्च वापत नगद ५० हजार प्रदान गरे ।

नेपालबाट सहभागी हुनजाने खेल टोलिलाई तिन दिनको बसोवास, खाना खर्च आयोजकबाट व्यहोर्ने र बाँकी ३ दिनको सम्पूर्ण खर्च सल्लाहकार ऋषि भण्डारीले सहयोग स्वरुप उपलब्ध गराउने समेत एथ्लेटिक्स परिवारले विज्ञप्तीमार्फत जनाएको छ ।

यस्तै धावक गोपीचन्द्र पार्कीलाई आगामी ३ वर्षको लागि पूर्वएथलेटिक्स खेलाडी एवं सल्लाहकार मोहन नेपाल, सुनिल राजवंशीसहित शत्रुघन श्रेष्ठ,सबिन प्रधान र प्रचण्ड कर्माचार्यले खेल पोसाक, जुत्ता र सामग्रीहरु समेत प्रदान गर्ने भएको छ ।

पूर्व एथ्लेटिक्स खेलाडी तथा अहिलेका प्रशिक्षक दिलमाया कार्कीको पहलमा बर्लिन म्याराथनमा गोपीचन्द्रले प्रतिस्पर्धा गर्ने अवसर पाएका हुन् । उनको हवाई टिकट राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?