+
+

अपहरणका आरोपी बुढाथोकीले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते २०:०४

५ असार, काठमाडौं । भ्याल्ली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावललाई अपहरण गरेको अभियोगमा पक्राउ परेका कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई अदालतले सफाइ दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले बुढाथोकीमाथि लागेको अपहरणको अभियोग दाबी नपुग्ने फैसला सुनाएको हो ।

अपहरणकारी अमर टण्डनको समूहले रावललाई १ पुस २०६५ मा बालाजुबाट अपहरण गरेर एक करोड ६५ हजार रुपैयाँ असूली गरेका थिए । यस प्रकरणमा संलग्न बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १५ पुस २०७७ मा दार्जिर्लिङबाट पक्राउ गरेको थियो ।

टण्डनसहित समूहका मुख्य नाइके उदय सेठ्ठी र प्रह्लाद महतसहित अन्य सदस्यहरु पक्राउ परेपछि उनी भागेर भारत गएका थिए । उनलाई दार्जिलिङमा कुखुरा पालन गरिरहेको अवस्थामा प्रहरीले फेला पारेर नेपाल ल्याएको थियो ।

संयोग कस्तो परेको छ भने उनले सफाइ पाउनु दुई दिनअघि संविधान दिवसका अवसरमा समूहका एक जना नाइके महतलाई सरकारले कैद मिनाहा गरिदिएको छ । समूहका सदस्य विष्णु जिसीको पनि कैद मिनाहा भएको छ ।

२०६६ को पुस अन्तिमतिर प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले सेठ्ठी, महतसहित विष्णु जिसी, टासी गुरुङ, विकास कार्कीलाई पक्राउ गरेपछि यो समूह ध्वस्त भएको थियो ।

अपहरणकारीको समूहमा लाग्नुअघि बुढाथोकी चोरी र डकैतीमा संलग्न थिए । उनी २०६४ सालमा बानेश्वर प्रहरीको हिरासतको भ्यान्टिलेसन तोडेर भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?