
६ पुस, दाङ। दाङ प्रहरीले १५० ग्राम लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो निवासी ४५ वर्षीय चन्द्रा राना र भारतको उत्तरप्रदेश जिल्ला बहराइच मन्सुरगञ्ज निवासी १८ वर्षीय समिर अंसारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले देउखुरीको अमेलियाबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले दुई थान मोबाइल र नगद चार हजार रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4