+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यातायात कार्यालयको सवारी दर्ता किताब विचौलियाको साथमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १८:४८

६ चैत, काठमाडौं । यातायात कार्यालय, कुसुन्तीको रजिष्टर विचौलियाको साथबाट बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरले ठगीको अनुसन्धान गर्ने क्रममा पक्राउ परेका विचौलियाको साथबाट यातायात कार्यालयको सवारी दर्ता किताब बरामद भएको हो ।

ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहका अनुसार यातायात कार्यालयको रजिष्टरसहित विचौलिया मनोज बाँस्तोलालाई आइतबार शंखमुलबाट पक्राउ गरिएको छ ।

‘हुण्डाइको ग्राण्ड आई टेन कार विक्री गरिदिन्छु भनेर पैसा लिएर गाडी नदिएपछि उनीविरुद्ध ठगीको उजुरी परेको थियो’ एसपी शाहले भने, ‘उनले पीडितको नाममा सारिएको ब्लू बुक पनि दिएका थिए, तर गाडी दिएका थिएनन् ।’

यही विषयमा अनुसन्धान गर्दै जाँदा बाँस्तोलासँग सरकारी कागजातहरु नै भेटिएको शाहले बताए । उनका अनुसार उनीसँग बरामद दुई रजिष्टरमा ११०९ र १६९० नम्बर लेखिएको छ । दोस्रो रजिष्टरमा ४५४० देखि ४६७९ सम्म २६ च लेखिएको छ ।

प्रहरीका अनुसार बाँस्तोलाविरुद्ध ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी छ । अब सरकारी लिखत कीर्तेमा पनि अनुसन्धान हुनेछ । सरकारी रजिष्टर कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?