+

उमरान मल्लिकको पेसको चर्चा, भारतीय टिममा ल्याउन माग

२०७९ वैशाख  ५ गते १२:२४ २०७९ वैशाख ५ गते १२:२४
उमरान मल्लिकको पेसको चर्चा, भारतीय टिममा ल्याउन माग

५ वैशाख, काठमाडौं । आइतबार पञ्जाव किंग्सविरुद्ध शानदार बलिङ प्रदर्शन गरेपछि सिनियर कंग्रेस मेम्बर शशी थरुरले सनराइजर्स हैदरवादका उमरान मल्लिकको प्रशंसा गरे ।

मल्लिकले २०औं ओभर मेडन राख्दै ३ विकेट लिए । यस्तै एक रनआउट पनि सोही ओभरमा भयो । उमरानले ओडेन स्मिथ, राहुल चाहर र वैभव आरोहलाई आउट गरे । उमरानले २८ रन खर्चेर ४ विकेट लिए पनि पञ्जाव १५१ रनमा अलआउट भयो ।

थरुरले ट्वीट गर्दै भातरीय टिममा उमरानको आवश्यकता रहेको लेखेका छन् ।

यस्तै तेलङ्गना राष्ट्र समितिका अध्यक्ष केटी राना राओले पनि आश्चर्यजनक स्पेलका लागि उमरानको प्रशंसा गरेका छन् ।

 

आईपीएल २०२२ मा उमरानले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । जम्मु कस्मिरका यी अनक्याप्ड खेलाडीले अहिलेसम्म ६ खेलमा ९ विकेट लिइसकेका छन् ।

यसअघि गुजरात टाइटन्सविरुद्धको खेलमा उनले जारी सिजनकै सबैभन्दा तिव्र गतिको बलिङ गरेका थिए । उनले १५३.३ किमी पर हावरको गतिमा बलिङ गरेका थिए ।

२०२१ को आईपीएल अन्तर्गत रोएल च्यालेन्जर्स बेंगलोर विरुद्ध उनले सिजनकै तिव्र गतिमा १५२.९५ को गतिमा बलिङ गरेका थिए ।

इंग्ल्याण्डका पूर्व कप्तान माइकल भनले पनि यसअघि उमरानको प्रशंसा गरेका थिए ।

‘उमरानले भारतको लागि चँडै खेल्नेछन् । यदी म बीसीसीआईमा भएको भए मैले उनलाई काउन्टी क्रिकेट खेल्न पठाउने थिएँ ।’ भनले ट्वीट गरेका छन् ।

उमरान र भुवनेश्वर कुमारले उत्कृष्ट प्रदर्शन गरेपछि सनराइजर्स हैदरवादले आइतबार पञ्जाव किंग्सलाई ७ विकेटले हराएको थियो । यस सिजन सनराइजर्सको यो लगातार चौथो जित हो ।

टाइम्स अफ इन्डियाबाट

पञ्जाव किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय