
काठमाडौं । कुमारी बैंक लिमिटेड र सल्यानको कपुरकोट गाउँपालिका–३ मा रहेको होटल शिरीष बीच सम्झौता भएको छ ।
कुमारी बैंकका ग्राहकलाई होटल शिरीषले उपलब्ध गराउने सेवासुविधामा छुट दिने विषयमा दुवै पक्षबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले उक्त होटलले उपलब्ध गराउने सेवा सुविधामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । जसका लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्नुपर्ने छ । डिजिटल कारोबारमा ग्राहकलाई आकर्षित गर्न होटलसँग सम्झौता गरेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4