+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अस्पतालबाट भागेका कैदी लुभुमा पक्राउ, छानबिन गर्न एसपीको नेतृत्वमा समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते ११:२१

९ भदौ, काठमाडौं । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएका बेला फरार भएका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ परेका छन् ।

बुधबार अपरान्ह उपचार लागि लगिएका बेला फरार भएका कैदी ३१ वर्षका भोला बुढाथोकीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीले अनलाइनखबरलाई बताए ।

जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।

कारागार प्रशासनका अनुसार बुढाथोकी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्ति हुन् । उनीले ९ वर्ष जेल सजाय काटिसकेका थिए ।

कारागारभित्र बसेकामध्ये असलचालचलन भएका मध्येले जेल सजायमा माफी मिनाहाको सुविधा पनि पाउन सक्थे ।

‘तर यो घटनापछि उनले यस्तो खाले सुविधाका लागि अपिल गर्न पाउने छैनन्’ जेलर बुढाथोकीले भने, ‘उनीमाथि थप कारबाही पनि हुनेछ ।’

उनको आँखामा समस्या देखिएपछि नेपाल आँखा अस्पताल, तिलगंगामा लामो समयसम्म उपचार भएको थियो ।

पछिल्लो समय उनी त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य जाँच गराइरहेका थिए । त्यही क्रममा अस्पतालबाट उनी हत्कडीसहित भागेका थिए ।

कारागारका कैदी कसरी भागे भन्ने विषयलाई लिएर छानविन गर्न प्रहरीले ललितपुरका एसपी देवेन्द्र पालको नेतृत्वमा चार सदस्यीय छानविन समिति पनि बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?