+

महिला राष्ट्रिय टिमका प्रशिक्षक थापाले जिम्मेवारी छाडे

२०७९ असोज  ३ गते २०:०२ २०७९ असोज ३ गते २०:०२
महिला राष्ट्रिय टिमका प्रशिक्षक थापाले जिम्मेवारी छाडे

३ असोज, काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्ष कुमार थापाले जिम्मेवारी छाडेका छन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भएपछि उनले आजै (सोमबार)देखि लागु हुने जिम्मेवारी छाडेको घोषणा गरेका हुन् ।

‘अरुलाई पनि मौका दिनुपर्छ, टिममा बसिरहनु राम्रो होइन, म बस्दा पनि बस्दिन,’ रंगशालामा पत्रकारसँग उनले भने, ‘अफिसियल घोषणा पनि गर्ने छु, यसैलाई अफिसियल घोषणा माने पनि हुन्छ ।’

यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

कुमार थापा साफ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय