+

महिला १०० मिटरमा निशाको कीर्तिमान तोड्दै सरस्वतीले जितिन् स्वर्ण

२०७९ असोज  २९ गते १२:५२ २०७९ असोज २९ गते १२:५२
महिला १०० मिटरमा निशाको कीर्तिमान तोड्दै सरस्वतीले जितिन् स्वर्ण

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।

ओलम्पियन सरस्वतीले हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि हिटमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२.२२ सेकेण्डको समय लगाइन् र उनले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले १२.९३ सेकेण्ड समय सहित कास्य जितिन् ।

सरस्वतीले बनाएको कीर्तिमान ह्याण्ड टाईमिङ कीर्तिमान हो । यसअघि उनले आठौं राष्ट्रिय खेलकुदमा १२.१९ सेकेण्डसहित स्वर्ण जितेकी थिइन् । सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद सागमा देवी माया पनेरुले बनाएको १२:१९ सेकेण्डको टाइमिङ भने ईलेक्ट्रोनिक टाइमिङ हो ।

नवौं राष्ट्रिय खेलकुद निशा चौधरी सरस्वती चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय