३ काक्तिक, काठमाडौं । आइसीसी टी–२० विश्वकपमा श्रीलंकाले नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ ।
जितका लागि १६३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्र बनाउ सक्यो ।
नेदरल्यान्ड्सका ओपनर ब्याटर म्याक्स ओडाउडले नट आउट ७१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । उनले ४० बलमा ५ चौका र १ छक्का हाने । कप्तान स्कट इड्वार्डसले २१ तथा टोम कोपरले १६ रन बनाए । यस्तै बास डि लेडे १४ रनमा आउट भए ।
श्रीलंकाका वानिन्डु डी सिल्भाले सर्वाधिक ३ तथा महेश थक्सानाले २ विकेट लिए ।
सिमोन्ड स्टेडियममा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । श्रीलंकाका ओपनर ब्याटर कुसल मेन्डिसले ७९ रन बनाए । उनले ४४ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका हुन् ।
चरिथ आशलंकाले ३ चौका सहित ३१ रन बनाए । भानुका राजपाक्षेले १९ रन बनाए । नेदरल्यान्ड्सका लागि पल भान र लेडेले समान २ विकेट लिए ।
जितसँगैै समुह एको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको श्रीलंका सुपर १२ मा पुगेको छ । समान ३ खेलबाट ४ अंक नै बनाए पनि रनरेटका आधारमा नेदरल्याण्ड्स दोस्रो स्थानमा छ । नामिबिया तेस्रो र यूएई चौथो स्थानमा छन् ।
प्रतिक्रिया 4