+

मनिष पेनाल्टीमा चुक्दा चर्च ब्वाइज र संकटा बराबरी

२०७९ फागुन  ३० गते १७:०१ २०७९ फागुन ३० गते १७:०१
मनिष पेनाल्टीमा चुक्दा चर्च ब्वाइज र संकटा बराबरी

३० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनिष डाँगीले पेनाल्टीमा गोल गर्न नसक्दा संकटा क्लब ३ अंक बटुल्नबाट चुकेको छ ।

सोमबार एन्फा कम्प्लेक्समा भएको चर्च ब्वाइज युनाइटेडसँगको खेलको दोस्रो हाफको इन्जुरी समयमा संकटाले पेनाल्टी पाएको थियो ।

गोलरहित बराबरीमा चलिरहेको खेलमा पाएको पेनाल्टीमा मनिषले गोल गर्न सकेनन् ।

मनिषको प्रहार रोक्दै चर्च ब्वाइजका गोलरक्षक प्रिसोले टिमका लागि १ अंक जोगाए ।

अहिलेसम्म पराजित रहेको चर्च ब्वाइजले लिगमा यसअघि नेपाल पुलिस क्लब, हिमालयन शेर्पा र एफसी खुमलटारलाई हराएको थियो ।

चर्च ब्वाइज युनाइटेड शहीद स्मारक लिग संकटा क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय