+

म्यानचेष्टर सिटीले जित्यो यूईएफए सुपर कप उपाधि

२०८० साउन  ३२ गते ८:५१ २०८० साउन ३२ गते ८:५१
म्यानचेष्टर सिटीले जित्यो यूईएफए सुपर कप उपाधि

३२ साउन, काठमाडौं । स्पानिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।

गत सिजन ट्रेबल उपाधि जितेको सिटीले सेभियालाई सुटआउटमा ५-४ ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको एक/एक को बराबरीमा सकिएपछि सीधै पेनाल्टी सुटआउट भएको थियो । जहाँ सुरुवाती ९ प्रहार गोलमा परिणत हुँदा सेभियाका नेमान्जा गुडेको प्रहार बारमा लागेको थियो ।

त्यसअघि युसुफ एन नेस्रीले २५औं मिनेटमा गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएका थिए तर सिटीका कोल पाल्मरले ६३औं मिनेटमा बराबरी गोल फर्काए ।

पेनाल्टीसुटआउटमा सिटीका लागि एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटेओ कोभासिस, ज्याक ग्रिलिस र केल वाल्करले गोल गरे ।

सेभियाका लुकास ओकम्पास, राफा मिर, इभान राकिटिक र गोन्जालो मोनिटेलले पेनाल्टीमा गोल गरे ।

म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय