+

बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने

२०८० भदौ  ३ गते २१:२० २०८० भदौ ३ गते २१:२०
बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने

३ भदौ, काठमाडौं । बागमती प्रदेशको खेलकुद विकास परिषद्ले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा आयोजना गर्ने भएको छ ।

परिषद्का अध्यक्ष सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा काठमाडौंमा आइतबार बसेको बोर्ड बैठकले अन्तर प्रदेश राष्ट्रिय खेलकुद यसै वर्षको फागुन २४ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् । स्थान भने यकिन भइसकेको छैन । प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहने छ ।

अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने भएको छ । दोश्रो बागमती प्रदेश खेलकुदमा समावेश १३ खेललाई समावेश गरिने सदस्य–सचिव भण्डारीले जानकारी गराए । दोस्रो बागमती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो ।

बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड माघ मसान्तसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानिय तह र जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः मंसिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने भएको छ ।

बागमती प्रदेश बागमती प्रदेश खेलकुद विकास समिति
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय