१५ असार, काठमाडौं । लुम्बिनी प्रदेशलाई ३-० को सोझो सेटले पराजित गर्दै बागमती प्रदेशले प्रथम सहाना प्रधान यू-१९ महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
बागमतीले लुम्बिनीलाई फाइनल खेलमा २५-२१,२५-१६ र २५-१८ ले पराजित गरेको हो । यो जितसँगै बागमती प्रदेश अपराजित रहँदै उपाधि विजेता बनेको हो ।
पुरुष तर्फको फाइनल खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच शनिबार नै हुनेछ ।
दुबैतर्फका बिजेताले ३ लाख, उपबिजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
 
                    










 २०८१ असार  १५ गते १४:४९
                        २०८१ असार  १५ गते १४:४९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4