News Summary
Generated by OK AI. Editorially reviewed.- क्रिस्टियानो रोनाल्डोले फोर्ब्सको २०२५ को सबैभन्दा बढी कमाउने खेलाडीहरूको सूचीमा तेस्रो पटक शीर्ष स्थान ओगटेका छन्। उनले आफ्नो आम्दानी २७५ मिलियन डलर पुर्याएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १५ मिलियन डलर बढी हो।
- साउदी अरेबियाको अल नासर क्लबमा आबद्ध भएपछि रोनाल्डोको सामाजिक सञ्जालमा लोकप्रियता र विज्ञापन आम्दानीमा वृद्धि भएको छ, जसले उनको कमाइलाई अझ बढाएको छ।
- सर्वाधिक कमाउने खेलाडीहरूको सूचीमा स्टेफन करी दोस्रो र टायसन फ्युरी तेस्रो स्थानमा रहेका छन् भने लियोनल मेस्सी पाँचौं स्थानमा झरेका छन्।
२ जेठ, काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले फोर्ब्सको २०२५ को सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा लगातार तेस्रो पटक शीर्ष स्थान ओगटेका छन्। उनले यो सूचीमा करिअरमा पाँच पटक पहिलो स्थान पाएका छन्।
रोनाल्डोले यो वर्ष आफ्नो आम्दानी १५ मिलियन डलरले बढाएर २७५ मिलियन डलर पुर्याएका छन्। यो फिगर बक्सिङ खेलाडी फ्लोइड मेवेदरको २०१५ र २०१८ को कमाईपछिको दोस्रो सबैभन्दा ठूलो हो।
साउदी अरेबियाको अल नासर क्लबमा सन् २०२२ मा आबद्ध भएपछि रोनाल्डोको विज्ञापन र प्रायोजनबाट हुने आम्दानी सामाजिक सञ्जालको लोकप्रियताको कारण झनै बढेको छ। उनका सामाजिक सञ्जालमा ९३९ मिलियन फलोअर्स छन्।
यसपटक स्टेफन करी दोस्रो स्थानमा उक्लिएका छन् भने बेलायती बक्सर टायसन फ्युरी तेस्रो स्थानमा आएका छन्। अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पाँचौं स्थानमा झरेका छन्।
सर्वाधिक कमाउने शीर्ष १० खेलाडीहरू (२०२५)
१. क्रिस्टियानो रोनाल्डो (फुटबल) – २७५ मिलियन डलर
२. स्टेफन करी (बास्केटबल) – १५६ मिलियन डलर
३. टायसन फ्युरी (बक्सिङ) – १४६ मिलियन डलर
४. ड्याक प्रेस्कट (अमेरिकन फुटबल) – १३७ मिलियन डलर
५. लियोनल मेस्सी (फुटबल) – १३५ मिलियन डलर
६. लेब्रोन जेम्स (बास्केटबल) – १३३.८ मिलियन डलर
७. जुआन सोटो (बेसबल) – ११४ मिलियन डलर
८. करिम बेन्जेमा (फुटबल) – १०४ मिलियन डलर
९. सोहेइ ओहतानी (बेसबल) – १०२.५ मिलियन डलर
१०. केभिन ड्युरेन्ट (बास्केटबल) – १०१.४ मिलियन डलर
प्रतिक्रिया 4