
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा आज गणतन्त्र दिवसको अवसरमा एमाले र राजावादीहरुले छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन्।
- एमालेले साँस्कृतिक झाँकीसहितको प्रदर्शन गरेको छ भने राजावादीहरुले राजसंस्था र हिन्दु राज्यको पुनर्स्थापना माग्दै प्रदर्शन गरिरहेका छन्।
- सुरक्षा व्यवस्था कडा बनाइएको र यातायात प्रभावित हुन सक्ने भएकाले ट्राफिक व्यवस्था मिलाइएको छ।
१५ जेठ, काठमाडौं । आज गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । एमालेले प्रदर्शन सुरु गरिसकेको छ भने राजावादीहरुले एमालेको प्रदर्शन सकिएपछि सुरु गर्ने तयारीमा छन् ।
एमालेले गणतन्त्र दिवसको दिन उत्सव मनाउन साँस्कृतिक झाँकीसहितको प्रदर्शन गरेको छ । तर राप्रपासहितका राजावादीहरुले गणतन्त्र खारेज गरी राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित प्रदर्शन गर्दैछन् ।
कार्यक्रमस्थलतर्फ सवारी प्रवेश गर्न नदिई डाइभर्सन गर्ने व्यवस्था मिलाइएको छ ।
अनलाइनखबर लाइभमा स्वागत छः
Live Updates
१० ताजा अपडेट
40 minutes ago, 14:16:02
शान्तिबाटिकामा के भइरहेछ ?
रत्नपार्कतिर राजावादीहरूको जुलुस विभिन्न ठाउँबाट आउँदैछन् । बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । एकातिर नेकपा एमालेका नेता कार्यकर्ता छन् भने अर्कोतिर राजावादीहरू । बीचमा बाक्लो संख्यामा प्रहरी परिचालित छ । मानवअधिकारवादीहरूको पनि उपस्थिति रहेको हाम्रा संवाददाताहरूले बताएका छन् ।


2 hours ago, 13:22:39
शान्तिबाटिकाको दृश्यः वारि राजावादी बीचमा प्रहरी, पारि एमाले
शान्ति बाटिकामा वारि राजावादी छन् । बीच ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पारि एमालेको र्याली आइरहेको छ ।
थप समाचारका लागि यहाँ क्लिक गर्नुहोस् ।



2 hours ago, 13:16:57
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिँदै नेपालले भने- ‘चुनावी प्रक्रियामा गएर जनताको मन जितेर आए हुन्छ । प्रधानमन्त्री बने पनि हुन्छ,’ उनले भने, ‘ज्ञानेन्द्र शाह शासनमा फर्कने अर्को बाटो छैन ।’
2 hours ago, 13:11:27
नेकपा एमालेको र्याली शान्तिबाटिका पुग्न थालेपछि त्यहाँ रहेका राजावादीहरूलाई प्रहरीले हटाएको छ ।

2 hours ago, 13:10:42
प्रहरीले शान्तिबाटिकाबाट हटायो राजावादी
एमालेको र्याली शान्तिबाटिका पुग्न लागेपछि त्यहाँ रहेका राजावादीलाई प्रहरीले हटाएको छ ।
2 hours ago, 13:05:16
सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा सांस्कृतिक झांकीसहितको उत्सव सुरु गरेको छ ।




2 hours ago, 12:52:50
उपत्यकामा ७ ठाउँबाट जुलुस निकाल्दै राप्रपा, राजेन्द्र लिङ्देन मैतीदेवीतिर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकाल्ने भएको छ ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, उपत्यकाका विभिन्न सात ठाउँबाट आन्दोलनका लागि जुलुस निकालिनेछ ।
विस्तृत समाचारका लागिः यहाँ क्लिक गर्नुहोस् ।
2 hours ago, 12:50:04
प्रतिकात्मक खुँडा र ढालसहित एमालेको र्याली
नेकपा एमालेका नेता कार्यकर्ताहरु प्रतिकात्मक खुँडा र ढालसहित र्यालीमा सहभागी भएका छन् । र्यालीको अग्रपंक्तिमा एमाले सचिव लेखराज भट्ट लगायतका नेताहरु छन् ।

2 hours ago, 12:45:26
राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सहभागी नहुने भएको छ ।
थप समाचारको लागि यहाँ क्लिक गर्नुहोस् ।
2 hours ago, 12:45:00
संघीय संसद्मा आज बजेट प्रस्तुत हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई सांसद मात्र उपस्थित हुने भएका छन् ।
राप्रपाका अन्य सांसदहरू राजसंस्था पुनस्र्थापनाको मागसहित आज हुने सडक आन्दोलनमा सहभागी हुने भएका हुन् ।
राप्रपाले दुई सांसदलाई संसद् पठाएर अरुलाई प्रदर्शनमा उतार्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4