+

काठमाडौंका कलेजमा ड्रोन रेसिङ्ग ट्रेनिङ सुरु

२०८२ जेठ  २५ गते १९:५७ २०८२ जेठ २५ गते १९:५७
काठमाडौंका कलेजमा ड्रोन रेसिङ्ग ट्रेनिङ सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नासा नेपाल अन्तर्गतको ई–स्पोर्ट्स र ड्रोन कमिसनले काठमाडौंका कलेजहरूमा ड्रोन रेसिङ्ग ट्रेनिङ सुरु गरेको छ।
  • कार्यक्रमले युवाहरुलाई प्रविधिसँग जोड्ने र सुरक्षित, प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गतर्फ आकर्षित गर्ने उद्देश्य राख्दछ।
  • नेपालमा पहिलो पटक ड्रोनलाई खेलको रूपमा मान्यता दिइएको हो र आगामी प्रतियोगिताहरूको योजना बनाइरहेको छ।

२५ जेठ, काठमाडौं । नासा नेपाल अन्तर्गतको ई–स्पोर्ट्स तथा ड्रोन कमिसनले काठमाडौं उपत्यकाका विभिन्न कलेजहरूमा ड्रोन रेसिङ्ग ट्रेनिङ सुरु गरेको छ। यो कार्यक्रम थापाथली क्याम्पसबाट सुरु गरिएको हो।

कार्यक्रमको उद्देश्य युवाहरुलाई प्रविधिसँग जोड्ने र सुरक्षित तथा प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गतर्फ आकर्षित गर्नु हो।

ट्रेनिङमा ड्रोनको परिचय, प्रविधिक पक्ष, सुरक्षा र कानुनी जानकारी, रेसिङ्ग विधि र आगामी कार्यक्रमहरूको क्यालेण्डरबारे जानकारी दिइएको छ।

कार्यक्रममा नासा नेपालका सचिव अंकित भण्डारी, आशिष रौनियार, ड्रोन हब नेपालका निर्देशक प्रवीण भट्टराई र शास्वत रिजालले प्रस्तुति दिएका थिए।

ड्रोन प्रविधि अहिले युवाहरू माझ निकै लोकप्रिय बन्दै गएको छ। नेपालमै पहिलोपटक ड्रोनलाई खेलको रूपमा मान्यता दिइएको हो र नासा नेपालले यसलाई आफ्नै विधानमा समेटेको छ।

ड्रोन हब नेपाल नासा नेपालको कर्पोरेट पार्टनरका रूपमा काम गरिरहेको छ। नजिकिँदै गरेको नेशनल ड्रोन रेसिङ्ग च्याम्पियनसिपको तयारीसँगै देशभर सिम रेसिङ्ग र ड्रोन प्रतियोगिता सुरु गर्ने योजना पनि बनाइएको छ।

ड्रोन रेसिङ्ग ट्रेनिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय