+

एचएचसीए र भ्याली पब्लिकलाई निब्स कप

२०८२ जेठ  ३१ गते २१:४० २०८२ जेठ ३१ गते २१:४०
एचएचसीए र भ्याली पब्लिकलाई निब्स कप

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एचएचसीए र भ्याली पब्लिक ‘ए’ ले दोस्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
  • ब्वाइज फाइनलमा एचएचसीएले लालीगुराँस नेसनल एकेडेमीलाई पराजित गर्‍यो भने गर्ल्समा भ्याली पब्लिक ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई हरायो।
  • विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाए ।

३१ जेठ, काठमाडौं । एचएचसीए र भ्याली पब्लिक ‘ए’ ले दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको शनिबार जितेका छन् । एचएचसीए ब्वाइज र भ्याली पब्लिक ‘ए’ गर्ल्समा च्याम्पियन बने ।

मण्डिखाटारस्थित आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) कोर्टमा भएको ब्वाइज फाइनलमा एचएचसीएले लालीगुराँस नेसनल एकेडेमीलाई २१–१४ ले पराजित गर्‍यो ।

एचएचसीएका सुशान्त बमजनले १०, डेविड राईले ६ र दिशान्त राईले ५ स्कोर गरे । विजेता टोलीको प्रशिक्षकमा सागर श्रेष्ठ थिए ।

गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिक ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १८–१५ ले हरायो । विजयी टिमका लागि एलिना गौचनले ७, लोरिशा गौचनले ५, अनिता गुरुङले ४ र दृष्ना नेपालले २ अंक जोडे । पूर्ण न्यौपानेले भ्याली पब्लिक ‘ए’ को प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

दुवै समूहको विजेताले १० हजार र उपविजेताले ७ हजारका दरले नगद पुरस्कार पाए । ब्वाइजमा एचएचसीएका सुशान्त बमजन तथा गर्ल्समा भ्याली पब्लिक ‘ए’ की एलिना गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

दुईदिने प्रतियोगिताको ब्वाइजमा २४ तथा गर्ल्समा १२ टिम सहभागी थिए ।

निब्स बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय