+
+
Shares

वित्तीय क्षेत्र ‘रिकभरी’ मा सुधार, आधाभन्दा बढी बैंकले लाभांश दिन सक्ने

नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार पनि चालु आव १० महिनासम्म बैंकहरूको गैरबैंकिङ सम्पत्ति कर्जा अपलेखन पनि उच्च दरमा बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते २०:५७

१८ असार, काठमाडौं । चालु आर्थिक वर्ष अन्त्यसम्म बैंकहरूको खराब कर्जा असुलीमा विगत वर्षका तुलनामा सुधार आउने देखिएको छ । बैंक तथा वित्तीय संस्थाका ऋणीको नगद प्रवाहमा सुधार आएसँगै कर्जा असुली सुधार आएको हो ।

कोरोना महामारीसँगै आएको आर्थिक मन्दीका कारण बैंकहरूको कर्जा असुली हुन सकेको थिएन । असुली हुन नसकेपछि बैंकहरूको खराब कर्जा उच्च दरमा बढेको थियो ।

त्यसका साथै बैंकहरूले आम्दानीको अधिक रकम कर्जा नोक्सानी व्यवस्थाका लागि राख्नुपर्दा सेयरधनीलाई लाभांश समेत दिन नसकेको अवस्था थियो । विगतमा केही वर्षका समस्याले अप्ठेरो परेको बैंकिङ क्षेत्रमा चालु आव सुधारको संकेत देखिएको बैंकरहरू बताउँछन् ।

नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार पनि चालु आव १० महिनासम्म बैंकहरूको गैरबैंकिङ सम्पत्ति कर्जा अपलेखन पनि उच्च दरमा बढेको छ । चालु आव वैशाखसम्म वाणिज्य बैंकहरूको मात्रै गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ४८ करोड बराबरको पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकहरूको यस्तो सम्पत्ति २३ अर्ब ७५ करोड बराबर मात्र थियो । त्यसैगरी चालु आव वैशाखसम्म बैंकहरूले अपलेखन गरेको कर्जा ६ अर्ब ६ करोड बराबर छ ।

गत आव सोही अवधिको कर्जा अपलेखन २ अर्ब ४६ करोड बराबर थियो । यसले पनि बैंकहरूको असुलीमा सुधार हुने क्रम बढेको देखिएको छ । तर, घरजग्गा कारोबारमा देखिएको समस्याका कारण गैरबैकिङ सम्पत्ति राफसाफ भने सहज नभएको बैंकरहरू बताउँछन ।

बैंकहरूले धितो आफैं सकार गरेको सम्पत्ति गैरबैंकिङ सम्पत्ति हो भने बैंकको बुकबाट नै कर्जाको खाता बन्द गर्ने प्रक्रिया अपलेखन हो ।

चालु आव विगत वर्षको तुलनामा कर्जा असुलीमा देखिएको सुधारले आशा जगाएको नेपाल बैंकर्स संघ अध्यक्ष सन्तोष कोइरालाले बताए । असुलीमा देखिएको सुधार ठ्याक्कै भन्न नसकिने अवस्था भए पनि करिब १० प्रतिशतसम्म सुधार आएको छ ।

बैकहरूको कर्जा डिफल्ट दर बढेसँगै बैंकहरूको औसत खराब कर्जा नै ५.०५ प्रतिशत छ । साथै, समग्र वित्तीय प्रणालीको औसत खराब कर्जा ५.२४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो वर्ष असुलीमा देखिएको सुधारले हालको ५ प्रतिशतभन्दा माथि रहेको औसत खराब कर्जा पनि ४ को लाइनमा आउने उच्च सम्भावना रहेको कोइरालाको अनुमान छ ।

कर्जा अपलेखन गर्दा धितोले सााँवा–ब्याज भुक्तान नहुने वा धितो मूल्यांकन गरेभन्दा सस्तोमा घरजग्गा बिक्री गर्न खोज्दा पनि केही जटिलता रहेको उनको भनाइ छ ।

बैंकहरूको असुली कस्तो छ भनेर भन्ने सन्दर्भमा आगामी यकिन गर्न कठिन रहेको उनको भनाइ छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई आव समाप्त भएपछिको गत १५ दिनको ब्याज आम्दानीलाई अघिल्लो आवमै समावेश गर्न अनुमति दिएको छ ।

असार तेस्रो सातासम्म आइपुग्दा ऋणीको व्यवहारले बैंकहरूलाई सकारात्मक बनाएको प्रभु बैंककी प्रमुख बिजनेस अधिकृत रश्मी पन्तले बताइन् ।

पन्तको भनाइमा संघ अध्यक्ष कोइराला पनि सहमत छन् । ‘विगतका वर्षको तुलनामा रिकभरीमा सुधार आएका छ,’ कोइरालाले भने, ‘आधाभन्दा धेरै बैंकले यो वर्षको नाफाबाट सेयरधनीलाई थोरै भए पनि लाभांश दिने अवस्था बन्ने देखिएको छ ।’

कर्जा असुलीमा सुधार आएको विषयमा प्रभु बैंककी प्रमुख बिजनेस अधिकृत पन्तले पनि सहमति जनाइन् । उनका अनुसार ऋणीको नगद प्रवाहमा केही सुधार देखिएको छ । त्यसले गर्दा पनि ऋणीले बैंकहरूलाई सहज भएको छ ।

चालु आव राष्ट्र बैंकको नियामकीय प्रावधानका कारण लाभांश रोकिए पनि सञ्चालनमा रहेका आधाभन्दा धेरै बैंकले केही न केही लाभांश दिने क्षमता राख्ने कोइरालाको दाबी छ ।

बैंक तथा वित्तीय संस्थाले धितो सकार गर्दा ३ वर्षको अवधिसम्म बिक्री गरिसक्नु पर्ने गरी सकार गर्ने जग्गामा कुनै सीमा छैन । त्यसले पनि असुलीमा केही मद्दत भए पनि बैंकले सकारेपछि बिक्री गर्न पहिले जस्तो सहज नभएको उनको भनाइ छ ।

कर्जा असुलीमा सुधार आएको विषयमा प्रभु बैंककी प्रमुख बिजनेस अधिकृत पन्तले पनि सहमति जनाइन् । उनका अनुसार ऋणीको नगद प्रवाहमा केही सुधार देखिएको छ । त्यसले गर्दा पनि ऋणीले बैंकहरूलाई सहज भएको छ ।

‘ऋणीलाई कर्जाका लागि फलो गर्दा किस्ता बुझाउन नै तयारी गर्दै गरेको वा मिलाउँदै गरेको जवाफ आउने गरेको छ,’ पन्तले भनिन्, ‘गत वर्ष छैन, तपाईंहरू जे गर्नुहुन्छ गर्नुस् भन्ने ऋणी आज तयारी गर्दै गरेको वा पहल गरिरहेको बताउन थालेका छन् । त्यसको सकारात्मक नतिजा पनि आएको छ ।’

असार महिना सुरुवातसँगै बैंकहरू कर्जा उठाउन देश दौडाहामा लागेका छन् । यो अवधिमा कतिपय बैंकरलाई कर्जा नोक्सानी धेरै भएकाले फिर्ता गर्नुपर्ने छ, कसैलाई ५ प्रतिशतभन्दा माथि पुगेको खराब कर्जा घटाउनु पर्ने लक्ष्य छ । यसका लागि सबैले गर्ने भनेको असुलीमा कडाइ वा ऋणीलाई दबाब दिने नै हो ।

तर, पछिल्लो समय विलफुल र परिस्थितिजन्य डिफल्टर छुट्याउने काम समेत बैंकरहरूले गर्नुपर्ने हुन्छ । त्यसैले ऋणीलाई अनावश्यक दबाब दिने अवस्था पनि छैन । यसले बैंकहरूले ऋणी फकाउन आउनेजति असुली गर्ने पक्षमा देखिएको स्पष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?