+

शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने

२०८२ असार  २४ गते १८:२६ २०८२ असार २४ गते १८:२६
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका प्रतियोगितामा भाग लिन जुलाइदेखि अगष्टसम्म यात्रा गर्नेछिन्।
  • उनीले फ्रान्स, जर्मनी र बेल्जियममा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्, जसका लागि नेपाल टेनिस संघले छनोट गरेको हो।
  • शिभालीले जुलाइ ११ देखि १३ सम्म फ्रान्सको पेरिसमा ट्रेनिङ र प्रतिस्पर्धा गर्नेछिन्।

२४ असार, काठमाडौं । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम (आईटीएफ-एटीएफ) यु–१४ टिम टु युरोपअन्तर्गत ४ प्रतियोगिता खेल्ने भएकी छन् । शिभालीले फ्रान्समा २ तथा जर्मनी र बेल्जियममा समान १–१ प्रतियोगिता खेल्ने छिन् ।

प्रतियोगिता खेल्नुअघि शिभाली जुलाइ ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुने छिन् । त्यसपछि शिभालीले जुलाइ १४ देखि २० तारिखसम्म पेरिसमा हुने ओपन स्टेड फ्रेङक्यासमा प्रतिस्पर्धा गर्ने छिन् ।

जुलाइ २१ देखि २७ तारिखसम्म फ्रान्सकै एन्सीमा हुने टेनिस युरोपमा सहभागी हुने छिन् । जुलाइ २८ देखि अगष्ट ३ तारिखसम्म जर्मनीको डुरेनमा हुने इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेनमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

अगष्ट ४ देखि १० तारिखसम्म बेल्जियममा हुने यङ च्याम्पियनसिप कपमा सहभागी हुने छिन् । शिभाली बुधबार फ्रान्स प्रस्थान गर्दै छिन् ।

उक्त प्रतियोगिताका लागि नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुन् । एसियामा चौथो वरीयता प्राप्त गरेपछि शिभाली छनोट भएको नेपाल टेनिस संघले जनाएको छ । एसियाबाट समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी मात्र प्रतियोगिताका छनोट भएका थिए ।

शिभालीलाई नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुल, सदस्य अजय विष्ट र निरेश श्रेष्ठलगायतले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

शिभाली गुरुङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय