+

सन्दीप डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

२०८२ असार  २६ गते २१:३१ २०८२ असार २६ गते २१:३१
सन्दीप डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन्।
  • डेनिम एण्ड डेभिलका सिइओ धनश्याम काफ्ले र सन्दीप लामिछानेले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्।
  • सन्दीपले डेनिम एण्ड डेभिलसँगको सम्बन्ध सन् २०१८ देखि रहेको र यो दोस्रो पटक सहकार्य भएको बताए।

२६ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।

बिहीबार आयोजित एक कार्यक्रममा क्लथिङ ब्राण्ड डेनिम एण्ड डेभिलले लेगस्पीनर सन्दीपलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । सम्झौतामा डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीप लामिछानेले हस्ताक्षर गरे ।

सम्झौता अवधी तीन वर्षको रहेको काफ्लेले जानकारी दिए । अब सन्दीप आगामी तीन वर्ष डेनिम एण्ड डेभिल्सको ब्राण्ड एम्बासडर रहनेछन् । सम्झौताको आर्थिक पाटो भने दुवै पक्षले खुलाएको छैन । सम्झौताको रकम भन्दा पनि भावानात्मक रुपमा आफूहरु एक अर्काको निकै नजिक रहेको काफ्लेले बताए ।

सम्झौतापछि बोल्दै सन्दीपले डेनिम एण्ड डेभिल्ससँग आफ्नो सम्बन्ध सुरुवात देखि नै रहेको र लामो कथा रहेको बताए । ‘उहाँहरुसँग मेरो लामो स्टोरी छ । सन् २०१८ मा घनश्याम दाईसँग मिटिङ भएपछि सहकार्य भयो । त्यो यात्रा आफैंमा सुन्दर थियो । धेरै रमाइला पलहरु छन् । खुशीको क्षण छ । आफुलाई पनि गर्व लाग्छ यो ब्राण्ड यहाँसम्म पुग्दा । मलाई एज ए फेमिली जस्तै गर्नुभएको छ, धेरै धन्यवाद’ उनले भने ।

सिइओ घनश्याम काफ्लेले सन्दीसँग यसअघि पनि सहकार्य गरेको र यो दोस्रो पटक सहकार्य रहेको जानकारी दिए । ‘धेरै अगाडि नै यो कार्यक्रम आयोजना गर्ने कोसिसमा थियौँ तर विभिन्न कारणले गर्दा हुन सकेन । ढिलै भएपनि हाम्रो सहकार्य अघि बढेको छ’ काफ्लेले सम्झौता कार्यक्रममा भने, ‘आज हाम्रो साइनिङ सेरेमोनी भन्दा पनि रिसाइनिङ सेरेमोनी हो । हाम्रो ब्राण्डको पहिलो ब्राण्ड एम्बासडर नै सन्दीप हुनुहुन्थयो । बिचमा केही कारणले रोकियो । फेरि हाम्रो यात्रा सुरु भएको छ ।’

काफ्लेले सन्दीप आफैँमा ब्राण्ड भएकोले उनलाई नियुक्त गर्दा ब्राण्डलाई अघि बढाउन पनि सहयोग पुग्ने बताए । ‘सन्दीपको बारेमा धेरै भनिरहनुपर्दैन । उहाँ आफैँमा एक ब्राण्ड हुनुहुन्छ । सानै उमेरमा नेपाललाई विश्वमा चिनाउने खेलाडी हो’ उनले भने ।

२४ वर्षीय सन्दीपले युवा उमेरमै नेपालको कप्तानी गरिसकेका छन् । उनले नेपालका लागि ओडिआई र टी-२०आई दुवैमा समान ६२ खेल खेलेका छन् । ओडिआईमा १२७ र टी२०आईमा ११७ विकेट लिएका छन् । यस्तै उनले ओडिआईमा ४७५ रन समेत बनाएका छन् ।

डेनिम एन्ड डेभिल सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय