News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालबाट ४ खेलाडीसहित ६ सदस्यीय टेनिस टोली जुलाई १६ देखि १९ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुने डेभिड कस टेनिस प्रतियोगितामा सहभागी हुन जाने भएको छ।
- प्रतियोगितामा नेपालसहित ८ राष्ट्र सहभागी छन् र तिनीहरूलाई दुई समूहमा विभाजन गरी शीर्ष दुई टिमले प्रमोसन प्लेअफ खेल्नेछन् भने तेस्रो र चौथो टिमले रेलिगेसन प्लेअफ खेल्नेछन्।
- टोलीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र अन्यले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका छन्।
२७ असार, काठमाडौं । मलेसियामा हुने डेभिड कस टेनिसमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ ।
यही जुलाई १६ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा सहभागि हुन नेपालबाट ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली आइतबार मलेसियाको क्वालालम्पुर जाने भएको छ ।
नेपाली टिममा प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुशमान हजुर घले छन् । यस्तै प्रशिक्षकमा जितेन्द्र परियार तथा व्यवस्थापकमा जयजीव हाडा छन् ।
डेभिस कप अन्तर्गत ग्रुप ४ को यो प्रतिस्पर्धामा नेपालसहित कुवेत, किर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स गरी ८ राष्ट्र सहभागि छन् । सहभागि राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेल्ने छन् ।
दुबै समूहको शीर्ष दुईमा रहने टिमले प्रमोसनको लागि प्लेअफ खेल्नेछन् भने तेस्रो रचौथोमा रहने रेलिगेसन प्लेअफ खेल्नेछन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुललगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया 4