News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वविद्यालय खेलकुद संघ नेपालले वर्ल्ड समर युनिभर्सिटी प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरेको छ।
- प्रतियोगितामा नेपालका १५ खेलाडी चार खेलमा सहभागी हुनेछन्।
- उक्त प्रतियोगितामा विश्वका १५१ राष्ट्रका ८ हजार ५ सय खेलाडी सहभागी हुनेछन्।
२९ असार, काठमाडौं । जर्मनीमा ६ देखि २७ जुलाईसम्म आयोजना हुने ३२औं वर्ल्ड समर युनिभर्सिटी प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई विश्वविद्यालय खेलकुद संघ नेपाल (उसान)ले बिदाई गरेको छ ।
प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेप सदस्य जगतसिंह धामी, उसानका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच विदाई गरे ।
३२औं वर्ल्ड समर युनिभर्सिटी प्रतियोगितामा नेपालको तर्फवाट चार खेलका १५ खेलाडीले सहभागिता जनाउन लागेको अध्यक्ष पौडेलले जानकारी गराए ।
टेबलटेनिसतर्फ गनन्जय दाहाल, रितिज जोशी र शिखा सुवाल श्रेष्ठ रहेका छन् । त्यस्तै ब्याडमिन्टतर्फ रोशन साउद, अनिल मल्ल, क्षितिज खनाल, आयुष्मा नेपाल र निशम हाङ्मा शेर्पा रहेका छन् ।
यसैगरी एथलेटिक्सतर्फ पाल्देन पाख्रिन तामाङ र आयुश श्रेष्ठको सहभागिता रहेको छ भने तेक्वान्दोतर्फ अभिषेक बराल, अभिषेक डल्लाकोटी, रुपेश तामाङ, पुजन खड्का र रेजिना पार्कीले सहभागिता जनाउने छन् ।
टोलीमा संंघका अध्यक्ष ज्ञानेन्द्र पौडेल, पूर्व डिन पूर्वाञ्चल विश्वविद्यालयका प्रा.डा. अनिलकुमार पोखरेल, वोर्ड सदस्य अशोक श्रेष्ठ र हेड अफ डेलिकेशनको रुपमा संघका महासचिव पूर्णसिंह बोहरा लगायत ८ पदाधिकारी सहित २३ जनाको सहभागिता रहनेछ ।
सो अवसरमा गण्डकी विश्व विद्यालयका उप–प्रध्यापक एवं राखेपका सदस्य मधुसुदन सुवेदी, मध्यपश्चिम विश्व विद्यालयका उप–प्रध्यापक तेजबिक्रम बस्नेत र सिआईटीई प्रिन्सिपल इन्जिनियर सुघीर गुरागाईं पनि टोलीको सदस्य रहेको महासचिव बोहराले जानकारी गराए ।
जर्मनीमा आयोजना हुने उक्त प्रतियोगितामा विश्वका १ सय ५१ राष्ट्रका ८ हजार ५ सय खेलाडीहरुको सहभागिता रहने संघले जानकारी गराएको छ ।
प्रतिक्रिया 4