+

महिला कबड्डी विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

२०८२ साउन  २ गते १७:४६ २०८२ साउन २ गते १७:४६
महिला कबड्डी विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन भारत जाने १८ सदस्यीय नेपाली टोलीको बिदाइ गरिएको छ।
  • प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म भारतको मोरमाजरामा हुनेछ।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई शुभकामना दिए।

२ साउन, काठमाडौं । दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ गरिएको छ । १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार भारतको हरियाणा प्रस्थान गर्नेछ ।

प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म भारतको हरियाणास्थित मोरमाजरामा हुनेछ । नेपाली टोलीको कप्तानमा मानमति विष्ट छन् भने जयन्ती बडु उपकप्तान छन् ।

अन्य खेलाडीहरूमा मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन् ।

प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको बताउदै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए ।

प्रशिक्षक भट्ट र कप्तान मानमतिले ८ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको बताउदै पदक जित्नेमा आशावादी रहेको बताए ।

प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानिय ५ क्लबसँग अभ्यास खेल पनि खेल्ने छ ।

एसियाका ४७ राष्ट्र मध्येबाट विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुने छन् ।

विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो ।

महिला कबड्डी विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय