+

काभा च्याम्पियन्स लिग : रोमाञ्चक खेलमा बिस्केकसँग हेल्प नेपाल पराजित

२०८२ साउन  ३ गते १५:५२ २०८२ साउन ३ गते १५:५२
काभा च्याम्पियन्स लिग : रोमाञ्चक खेलमा बिस्केकसँग हेल्प नेपाल पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभा च्याम्पियन्स लिग भलिबलमा हेल्प नेपाल स्पोर्ट्स क्लब किर्गिस्तानको बिस्केकसँग ३-२ सेटमा पराजित भएको छ।
  • मालेस्थित सोसल सेन्टरमा भएको खेलमा बिस्केकले पहिलो, तेस्रो र पाँचौं सेट जितेर खेलमा विजयी भएको थियो।
  • बिस्केकले लगातार तीन खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने हेल्प नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ।

३ साउन, काठमाडौं । माल्दिभ्समा जारी काभा च्याम्पियन्स लिग भलिबल अन्तर्गत आफ्नो तेस्रो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब पराजित भएको छ ।

किर्गिस्तानको बिस्केक-किर्गिस्तानसँग शनिवार भएको प्रतिस्पर्धात्मक खेलमा हेल्प नेपाल ३-२ को सेटमा पराजित भएको हो ।

मालेस्थित सोसल सेन्टरमा भएको खेलमा बिस्केकले पहिलो सेट २५-२० ले आप्नो पक्षमा पार्दै अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट टाईब्रेकमा २८-२६ ले आफ्नो पक्षमा पार्दै अल्प नेपाल खेलमा फर्कियो ।

तेस्रो सेट बिस्केकले फेरि २५-२० ले नै आफ्नो पक्षमा पार्दै खेलमा २-१ को अग्रता बनायो । तर चौथो सेटमा हेल्प नेपालले फेरि पुनरागमन गर्‍यो र चौथो सेट २५-१७ ले सहजै आफ्नो पक्षमा पार्दै खेल पाँचौ तथा अन्तिम सेटसम्म पुर्‍याएको थियो ।

पाँचौ तथा निर्णायक सेटमा भने हेल्प नेपाल १५-११ ले पराजित हुन पुग्यो ।

हेल्प नेपालले यसअघि माल्दिभ्सको भिवेही सिफाइन्ज र क्लब एचडिसीलाई हराउँदै लगातार दुई खेल जितेको थियो ।

बिस्केकले लगातार तीन खेल जित्दै ८ अंक जोडेर शीर्ष स्थानमा छ । हेल्प नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ ।

काभा च्याम्पियन्स लिग हेल्प नेपाल स्पोर्ट्स क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय