+

नेपाल जिम्न्यास्टिक संघ अध्यक्षमा प्रधानलाई निरन्तरता

२०८२ साउन  ३ गते १७:१० २०८२ साउन ३ गते १७:१०
नेपाल जिम्न्यास्टिक संघ अध्यक्षमा प्रधानलाई निरन्तरता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल जिम्न्याष्टिक संघको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिँदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ।
  • उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार कार्की चयन भएका छन्।
  • राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र प्रदान गरेका छन्।

३ साउन, काठमाडौ् । नेपाल जिम्न्याष्टिक संघको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिँदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार कार्की रहेका छन् । मुकुन्दराज शर्माले महासचिव, रामप्रसाद बस्याल र डा. कुस्मिला आचार्यले सचिव, सुनिलमान सिंहले कोषाध्यक्ष र संगिता खड्काले सह–कोषाध्यक्षको जिम्मेवारी पाए ।

सूर्यबहादुर अधिकारी, श्रीप्रसाद कोजु, विष्णुनारायण ग्वाछा, निरज थापा, शिवप्रसाद गौतम, राजु केसी, राजु कायश्थ, पर्मेश्वर जोशी, राजेशमान श्रेष्ठ र विवेकानन्द चौधरी सदस्यमा चयन भए ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । त्यसअघि साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।

धोबीघाटस्थित सिद्धार्थ कटेजमा भएको साधारण सभामा एजीयुका प्रतिनिधि कौशिककुमार बिडिवालाको पनि उपस्थिति रहेको थियो ।

नेपाल जिम्न्याष्टिक संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय