News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल टेबलटेनिस संघले तेस्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता बुधबारदेखि आयोजना गर्ने भएको छ।
- प्रतियोगितामा जुनियर र क्याडेट पुरुष तथा महिलामा चार सिंगल्स खेल हुने महासचिव कुवेरप्रकाश सिंहले जनाए।
- तीन दिने खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने र सबै प्रदेशबाट खेलाडी सहभागी हुने महासचिव सिंहले जानकारी गराए।
१० भदौ, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा तेस्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगिताअन्तर्गत जुनियर र क्याडेट पुरुष/महिलामा ४ सिंगल्स खेल हुने आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन् ।
शशि–कल्यण कल्याण कोषको प्रायोजनमा हुने तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
सबै प्रदेशबाट खेलाडीको सहभागिता रहने महासचिव सिंहले जानकारी गराए ।
प्रतिक्रिया 4