News Summary
Generated by OK AI. Editorially reviewed.- आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापालाई अक्टोबर ३ देखि १२ सम्म इलाटीको जेसोलोमा हुने २३ औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायक मनोनित गरिएको छ।
- नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले थापालाई आईटीएफ अम्पायर कमिटीले मनोनित गरेको जानकारी दिएको छ।
- थापा सन् २०१९ मा बुल्गेरियामा भएको २१ औं संस्करणमा पनि निर्णायक थिए र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।
१२ भदौ, काठमाडौं । आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले २३ औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
अक्टोबर ३ देखि १२ तारिखसम्म इलाटीको जेसोलोमा हुने प्रतियोगिताका लागि आईटीएफ अम्पायर कमिटीले थापालाई निर्णायक मनोनित गरेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले जनाएको छ । उक्त प्रतियोगिताका थापासहित विभिन्न राष्ट्रबाट कमिटीले ८० अम्पायर छनोट गरेको बताइएको छ ।
आईटीएफका महासचिव समेत रहेको थापा दोश्रोपटक आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा अम्पायरमा मनोनित भएका हुन् । सन् २०१९ मा बुल्गेरियामा भएको २१ औं संस्करणमा पनि थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
थापाले विभिन्न राष्ट्रमा भएका दक्षिण एसियाली, एसियाली, विश्व कप, कन्टिनेन्टललगायतका प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
प्रतिक्रिया 4