+
+
Shares
सामाजिक सञ्जाल :

युट्युब वेब ब्राउजरमा बन्द, मोबाइलमा खुलै

सरकारको निर्णय मान्‍दै नेपाल दूरसञ्‍चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्दायक संघ (आईएपान)ले नेपालमा युट्युब बन्‍द गरेको हो।

सहदेव चौधरी सहदेव चौधरी
२०८२ भदौ २१ गते १३:१९

२१ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्‍द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ ।  सरकारको निर्णय मान्‍दै नेपाल दूरसञ्‍चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्दायक संघ (आईएपान)ले नेपालमा युट्युब बन्‍द गरेको हो। 

युट्युब बन्द भएसँगै त्यहाँभएका म्युजिक भिडियो, फिल्म, वेबसिरिज, गीतसंगीत, समाचार, कमेडीलगायतका थुप्रै  भिडियोहरू बन्द भएका छन् ।

आईएसपानका अध्यक्ष सुधीर पराजुलीले युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्‍द गर्ने प्रक्रिया सुरू भइकेको बताए । उनका अनुसार अहिले वेब ब्राउजरमा युट्युबका आईपी एड्रेसहरू बन्द गरिएका छन् भने मोबाइलमा चलिरहेको छ । 

उनल अनलाइनखबरसँग भने, ‘हामीले सरकारको निर्णय र दूरसञ्‍चार प्राधिकरणको निर्देश मान्‍दै दर्ता नभएका सामाजिक सञ्‍जालहरूको आईपी एड्रेसहरू बन्द गर्न थालेका छौं। हिजो फेसबुक, एक्स, इन्स्टाग्राम वेब पेजमाबन्द भएका छन् भने आज बिहानदेखि वेब ब्राउजरमा युट्युब पनि बन्द छ भने मोबाइलमा बन्‍द हुने क्रममा छन्।

पराजुलीका अनुसार, यो संवेदनशील प्राविधिक पक्ष सरकारले बुझ्नै सकेको छैन । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय राजनीतिक र प्रशासनिक तहमा भएको छ। प्राविधिक ज्ञानबिना यस्ता आदेश दिइएको छ, जसको असरबारे सरकारले अनुमानै गरेको छैन, उनले भने ।

नेपालमा सामाजिक सञ्जालहरू प्रतिबन्धसँगै इन्टरनेट प्रयोगमा देखिएको असरबारे कुरा गर्दै पराजुलीले भने, ‘युट्युब ब्लक गर्दा आईपी एउटै परे जिमेल पनि बन्द हुन्छ, अनि त्यसको असर हामीले चलाइरहेको फोनले पनि आंशिक रूपमा काम नगर्न सक्छ ।

सामाजिक सञ्जाल बन्द भएपछि डिजिटल अर्थतन्त्र, स्टार्टअप र साना व्यवसायको अनलाइन मार्केटिङ ठप्प भएको छ भने समग्र आर्थिक सूचकहरूमा नकारात्मक प्रभाव परेको छ। कलाकारहरूले सार्वजनिक गर्न लागेको नयाँ गीत रोकेका छन् भने विभिन्न टेलिसिरियल, कमेडीलगायतका हास्यव्यङ्ग्य कार्यम्रम पनि प्रशारण हुन सकेका छैनन् । 

यस्तै कन्टेन्ट क्रिएटर र स्टार्टअपको आम्दानी गुम्न थालेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।

लेखक
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?