News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले ए डिभिजन लिग २०२५ सञ्चालन र यू-१६ यूथ लिग तयारीबारे छलफल गर्न आह्वान गरेको बैठक स्थगित भएको छ।
- ए डिभिजनका १६ क्लबबाट प्राप्त सुझावका आधारमा आवश्यक तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको एन्फाले जनाएको छ।
- गत ५ असोजमा एन्फाले ए डिभिजनका १६ क्लबलाई छलफलमा सहभागी हुन पत्राचार गरेको थियो।
२६ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग २०२५ सञ्चालन र यू-१६ यूथ लिग तयारीबारे छलफल गर्न आह्वान गरेको बैठक स्थगित भएको छ।
ए डिभिजनका १६ क्लबबाट प्राप्त सुझावका आधारमा आवश्यक तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको एन्फाले जनाएको छ।
एन्फाले गत ५ असोजमा ए डिभिजनका १६ क्लबलाई पत्राचार गर्दै छलफलमा सहभागी हुन आग्रह गरेको थियो ।
यसअघि लिगबारे छलफल गर्नका लागि गत भदौ ३१ गते डाकिएको बैठक पनि स्थगित भएको थियो ।
प्रतिक्रिया 4