+

साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सोम कुमालले जिते रजत

२०८२ कात्तिक  ९ गते १९:३७ २०८२ कात्तिक ९ गते १९:३७
साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सोम कुमालले जिते रजत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका धावक सोम बहादुर कुमालले भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा पुरुष ८०० मिटर दौडमा रजत पदक जितेका छन्।
  • सोमले १ मिनेट ५२.०३ सेकेण्डमा दौड पूरा गरे भने श्रीलंकाका हर्स एस कारले १ मिनेट ५१.९६ सेकेण्ड समयसहित स्वर्ण जिते।
  • यो च्याम्पियनसिपमा नेपालको पहिलो रजत पदक हो र यसअघि नेपालले तीन कांस्य पदक जितिसकेको छ।

९ कात्तिक, काठमाडौं । भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली धावक सोम बहादुर कुमालले रजत पदक जितेका छन् ।

उनले पुरुष ८०० मिटर दौडमा रजत जितेका हुन् । सोमले निर्धारित दुरी १ मिनेट ५२.०३ सेकेण्डमा पूरा गरे । अन्तिम समयमा सोमलाई उछिनेका श्रीलंकन हर्स एस कारले १ मिनेट ५१.९६ सेकेण्ड समयमा दुरी पूरा गर्दै स्वर्ण जिते । यस्तै भारतीय खेलाडी मोगाली वेनकातारामले १ मिनेट ५२.३७ सेकेण्डसहित कांस्य जिते ।

जारी च्याम्पियनसिपमा नेपालको यो पहिलो रजत पदक हो । यसअघि नेपालले तीन कांस्य पदक जितिसकेको छ ।

एथ्लेटिक्स साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिप सोम बहादुर कुमाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय