+

गण्डकी प्रदेश स्तरीय यू-१६ अन्तरविद्यालय फुटबल हुने

२०८२ मंसिर  ११ गते २२:४० २०८२ मंसिर ११ गते २२:४०
गण्डकी प्रदेश स्तरीय यू-१६ अन्तरविद्यालय फुटबल हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस स्कुल बेलचौताराले मंसिर १७ देखि २१ गतेसम्म गण्डकी प्रदेश स्तरीय यू-१६ अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्नेछ।
  • प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् र विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
  • आयोजकले प्रतियोगिताले प्रदेशका युवा खेलाडीलाई सक्षम र आत्मविश्वासी बनाउने विश्वास व्यक्त गरेका छन्।

११ मंसिर, काठमाडौं । नेपाल पुलिस स्कुल बेलचौतारा, तनहुँको आयोजनामा गण्डकी प्रदेश स्तरीय यू-१६ अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै यस प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

मंसिर १७ देखि २१ गतेसम्म शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरामा रहेको स्कुलको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यस प्रतियोगिता प्रदेशकै छात्र फुटबल प्रतिभालाई पहिचान गर्ने महत्वपूर्ण मञ्च बन्ने आयोजकको विश्वास छ ।

नकआउट प्रणालीमा आयोजना गरिने यस प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । सुरुमा टिम दर्ता गर्ने १६ टिमलाई प्रतियोगितामा सहभागि गराइने विद्यालयका प्राचार्य रामचन्द्र शाहीले बताए । शाहीका अनुसार मनाङ र मुस्ताङबाहेकका जिल्लाबाट प्रतिस्पर्धी टोली आउने अनुमान छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४ हजार तथा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २ हजार मेडल, ट्रफी र प्रमाणपत्र पाउने प्रचार्य शाहीले जानकारी दिए ।

गण्डकीमा फुटबलको क्रेज विस्तारै घट्दै गइरहेकाले खेलाडी उत्पादनमा सघाउन प्रतियोगिता आयोजना गरेको नेपाल पुलिस स्कुलका समादेश प्रहरी निरीक्षक दिनेश गौतमले बताए । ‘विद्यार्थीको खेल क्षेत्रमा अभिरुची बढाउनुका साथै उनीहरुको प्रतिभालाई उजागर गर्दै भोलिका दिनमा खेललाई व्यवसायीक रुपमा लैजाने माध्यम हुनेछ’, उनले भने ।

विद्यालयस्तरमै फुटबलको कौशल विकास गर्न, खेल–भावना, अनुशासन र नेतृत्व क्षमता वृद्धि गर्न,प्रदेशका विद्यार्थी-युवाहरूमा खेलकुद प्रतिको रुचि बढाउन तथा भविष्यका उत्कृष्ट खेलाडी पहिचान गरी अगाडि बढाउन यस प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रदेशका युवा खेलाडीहरूलाई सक्षम र आत्मविश्वासी बनाउने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । यस प्रतियोगितालाई प्रदेशमै उत्कृष्ट खेलकुद आयोजनाको रूपमा स्थापित गराउने लक्ष्य रहेको पनि आयोजकले जनाएको छ ।

यू-१६ अन्तरविद्यालय फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय