News Summary
Generated by OK AI. Editorially reviewed.- नीर शाह स्टारर फिल्म 'परान' ले २० मंसिरसम्म १६ करोड ९७ लाख ९३ हजार ३५४ नेरु ग्रस कमाएको छ।
- आइतबारसम्म फिल्मको कमाइ १७ करोड नाघेको र सोमबार अपरान्हसम्म १७ करोड १० लाख नेरु हाराहारी पुगेको छ।
- फिल्मले अहिलेसम्म ५ लाख ९८ हजार ३०९ टिकट बिक्री गरेको र सन् २०८२ को सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।
काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा १७ करोड नेरु ग्रसभन्दा धेरै कमाइ गरेको छ ।
सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबार २० मंसिरसम्म फिल्मले १६ करोड ९७ लाख ९३ हजार ३५४ नेरु ग्रस कमाएको छ ।
आइतबारसम्मको हिसाब जोड्दा फिल्मको कमाइ १७ करोड नाघेको छ । सोमबार अपरान्हसम्म फिल्मको कमाइ १७ करोड १० लाख ग्रस हाराहारीमा पुगेको छ ।
सोही अवधिसम्म फिल्मका ५ लाख ९८ हजार ३०९ वटा टिकट बिकेका छन् ।
दीपक आचार्य काकु निर्देशित फिल्मले अभिभावक र सन्तानबीचको मर्मस्पर्शी सम्बन्धको कथा भन्छ । यो फिल्म अहिलेसम्म सन् २०८२ को सर्वाधिक कमाइ गर्ने फिल्म समेत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4