+

राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण

२०८२ पुष  ४ गते २१:३९ २०८२ पुष ४ गते २१:३९
राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३औं किन्डर ओलम्पिकको मस्कट अनावरण गरी टर्च नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ।
  • किन्डर ओलम्पिक पुस १२ र १५ गते दशरथ रंगशालामा नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा १२ खेलमा प्रतिस्पर्धा हुनेछ।
  • कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र विद्यालय खेलकुद महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

४ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च शुक्रबार हस्तान्तरण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका हुन् ।

नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा किन्डर ओलम्पिक पुसको १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । किन्डर ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।

अध्यक्ष श्रेष्ठले विद्यालय खेलकुद महासंघ मार्फत नेपालले सहभागिता जनाएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धि र विविध गतिविधि बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, विद्यालय खेलकुद महासंघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

किन्डर ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय