News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबको महिला भलिबल टोलीले नवौं एनभीए भलिबल च्याम्पियनसिपको समूह 'बी' मा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
- पुलिसले मधेश प्रदेश खेलकुद परिषद्माथि २५-३, २५-८, २५-९ को एकपक्षीय जित निकालेको छ।
- पुलिसले ३ खेलबाट ८ अंक जोड्दै समूहविजेता बनेको छ भने एपीएफ ७ अंकसहित समूहउपविजेता बनेको छ।
१६ पुस, काठमाडौं। नेपाल पुलिस क्लबको महिला भलिबल टोली समूह विजेता बन्दै नवौं एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
महिलातर्फ बुधबार भएको समूह ‘बी’ को खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेश खेलकुद परिषद्माथि सहज जित निकालेको हो । एकपक्षीय खेलमा पुलिसले मधेशलाई २५-३, २५-८, २५-९ ले पराजित गर्यो ।
यसअघि पुलिसले सुदूरपश्चिम प्रदेश भलिबल संघ एपीएफलाई हराएको थियो ।
पुलिसको यो तेस्रो जित हो । ३ खेलबाट ८ अंक जोडेको पुलिस समूह विजेता बन्दा एपीएफ ७ अंकसहित समूह उपविजेता बनेको छ ।
प्रतिक्रिया 4