+
+
Shares

विशेषको निम्तो देउवाको सचिवालयले गर्‍यो अस्वीकार

‘मैल विशेष महाधिवेशनको पत्र बुझाउन आएको भनेर जानकारी गराएपछि भानुले तपाईंलाई लाज लाग्दैन भन्दै पत्र मेरै गोजीमा हालेर बाहिर निस्कन भन्नुभयो,’ उनले भने, ‘उहाँले निस्किहाल । निस्किहाल भनेर हामीलाई भन्नुभयो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १६:२२

२६ पुस, काठमाडौं । भोलिदेखि सुरु हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि त्यस पक्षका नेताहरू अहिले शीर्ष नेतृत्वलाई निमन्त्रणा पत्र बुझाउन व्यस्त छ ।

यहीक्रममा नेता रामपल्टन साह सभापति शेरबहादुर देउवालाई पत्र बुझाउन उनको निवास महाराजगञ्ज पुगेका थिए ।

निवासको कम्पाउन्डमा प्रवेश पाएका उनलाई करिब आधा घण्टा कुर्न लगाएर देउवाका स्वकीय सचिव भानु देउवा आए ।

भानुले आफूलाई के कामका लागि आएको भनेर सोधेको साहले बताए । त्यसपछि आफूले विशेष महाधिवेशनको पत्र दिन आएको जानकारी गराएको अनलाइनखबरसँग बताए ।

‘मैल विशेष महाधिवेशनको पत्र बुझाउन आएको भनेर जानकारी गराएपछि भानुले तपाईंलाई लाज लाग्दैन भन्दै पत्र मेरै गोजीमा हालेर बाहिर निस्कन भन्नुभयो,’ उनले भने, ‘उहाँले निस्किहाल । निस्किहाल भनेर हामीलाई भन्नुभयो ।’

साहले पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अन्य शीर्ष नेताहरू पनि देउवा निवासमै रहेको र पत्र पनि त्यहीँ दिएको बताए ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?