२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा राज्यको तर्फबाट बल प्रयोग भएको बताएका छन् ।
पार्टीको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘भदौ २३ गते संसद् भवन तोडफोड गर्न दिएको भए के जान्थ्यो?’
उनले भदौ २३ गते त्यतिका मान्छेको ज्यान नगुमाएको भए भोलिपल्टको झन विध्वंश नहुने पनि बताए ।
घटनामा जेनजीको नाममा घुसपैठ भएको भन्दै उनले जेनजीलाई आग्रह गरे, ‘अघिल्लो दिन त्यतिका मान्छेको ज्यान नगुमेको भए- भोलिपल्ट यस्तो अवस्था हुने नै थिएन । यो बेलामा जेनजी पुस्ताले पनि सोच्नुपर्छ । जहाँसम्म उहाँहरूको संलग्नता थियो । त्यसको मात्रै जिम्मा लिनुपर्छ ।’
त्यस्तै उनले पार्टी कार्यालय र पार्टी संस्थापकको निवासमा भएको आगजनीप्रति आपत्ति जनाए ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4