+

एसिया प्यासिफिक एलिट यू-१४ ट्रफी खेल्न शिभाली अस्ट्रेलियामा

२०८२ माघ  ८ गते १८:१५ २०८२ माघ ८ गते १८:१५
एसिया प्यासिफिक एलिट यू-१४ ट्रफी खेल्न शिभाली अस्ट्रेलियामा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली टेनिस खेलाडी शिभाली गुरुङ एसिया प्यासिफिक एलिट यू-१४ ट्रफी खेल्न जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रलियाको मेलबर्न पुगेकी छिन्।
  • शिभाली गुरुङ एसियामा यू-१४ उमेरसमूहमा चौथो वरीयताकी खेलाडी हुन् र मलेसियामा केही साताको प्रशिक्षणपछि मेलबर्न गएकी हुन्।
  • मेलबर्नमा शिभालीलाई भिक्टोरिया तमु समाजका अध्यक्ष तेज गुरुङ र उपाध्यक्ष अशोक गुरुङले स्वागत गरेका थिए।

८ माघ, काठमाडौं । नेपाली टेनिस खेलाडी शिभाली गुरुङ एसिया पेसिफिक एलिट यू-१४ ट्रफी खेल्न अस्ट्रलियाको मेलबर्न पुगेकी छिन् । प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म हुनेछ ।

एसियामा यू-१४ उमेरसमूहमा चौथो वरीयताकी शिभाली मलेसियामा केही साताको प्रशिक्षणपछि मेलबर्न गएकी हुन् ।

मेलबर्नमा शिभालीलाई भिक्टोरिया तमु समाजका अध्यक्ष तेज गुरुङ, उपाध्यक्ष अशोक गुरुङ लगायत पदाधिकारीले स्वागत गरेका थिए ।

१५ वर्षको उमेरमै नेपाली टेनिसमा सनसनी मच्चाइरहेकी शिभाली ग्रान्डस्लाम टेनिसका लागि छनोट हुने पहिलो नेपाली खेलाडी हुन् ।

शिभाली गुरुङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय