+

शिभाली दोस्रो खेलमा भारतीय खेलाडीसँग पराजित

२०८२ माघ  १४ गते १७:३३ २०८२ माघ १४ गते १७:३३
शिभाली दोस्रो खेलमा भारतीय खेलाडीसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली टेनिस स्टार शिभाली गुरुङ भारतीय खेलाडी जेन्सी दिपकभाई कनावरसँग ६-४, ६-२ ले पराजित भएकी छन्।
  • शिभालीले पहिलो खेलमा चीनकी जिन्यु झाउलाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेकी थिइन्।
  • गर्ल्सतर्फ ग्रुप ए को अन्तिम खेलमा शिभालीले बिहीबार घरेलु खेलाडी जसलिन के सँग मेलबर्न पार्क-वेस्ट कोर्ट १९ मा प्रतिस्पर्धा गर्नेछिन्।

१४ माघ, काठमाडौं । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अस्ट्रेलियामा आजदेखि सुरु भएको एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगिताको दोस्रो खेलमा भारतीय खेलाडीसँग पराजित भएकी छन् ।

अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगितामा गर्ल्सतर्फको ग्रुप एमा रहेकी शिभाली दोस्रो खेलमा भारती खेलाडी जेन्सी दिपकभाई कनावरसँग सोझो सेटमा पराजित भइन् ।
मेलबर्न पार्क-एनटिसी कोर्ट १९ मा भएको खेलमा जेन्सीले शिभालीलाई ६-४, ६-२ ले पराजित गरिन् ।

बुधबारै भएको पहिलो खेलमा चीनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेकी थिइन् । शिभालीले पहिलो सेट ६–१ ले एकपक्षीय रुपमा आफ्नो पक्षमा पार्दै अग्रता लिएकी थिइन् । चीनकी जिन्यु दोस्रो सेटमा खेलमा फर्किइन् । उनले दोस्रो सेट ६-३ ले आप्नो पक्षमा पार्दे खेल बराबरीमा ल्याइन् ।

त्यसपछि तेस्रो तथा निर्णाय सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । टाई ब्रेकरसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा शिभालीले जिन्युलाई १०-८ ले हराउँदै खेल जितेकी हुन् ।

गर्ल्सतर्फ ग्रुप ए को अन्तिम खेलमा शिभालीले बिहीबार घरेलु खेलाडी जसलिन के सँग खेल्नेछिन् । यो खेल मेलवर्न पार्क-वेस्ट कोर्ट १९ मा हुनेछ ।

एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट गरी ब्वाइजतर्फ ८ र गर्ल्सतर्फ ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

ब्वाइज र गर्ल्स दुवैमा सहभागि खेलाडीलाई दुई समूहमा विभाजन गरिएको छ ।

जहाँ ग्रुप ए मा ४ र ग्रुप बी मा ४ खेलाडी छन् । सिंगल राउण्ड रोविनका आधारमा खेलहरू हुने टेनिस अस्ट्रेलियाले जनाएको छ ।

शिभाली गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय