+

कुष्ठरोग : उन्मूलन घोषणा गरेको वर्षौं बित्यो, अझै किन छ नेपालमा ?

२०८२ माघ  १६ गते १७:३८ २०८२ माघ १६ गते १७:३८

पालले सन् २०१० यसलाई सार्वजनिक स्वास्थ्य समस्याको रूपमा उन्मुलन भएको घोषणा गरेको थियो ।

Shares
कुष्ठरोग : उन्मूलन घोषणा गरेको वर्षौं बित्यो, अझै किन छ नेपालमा ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले सन् २०१० मा कुष्ठरोगलाई सार्वजनिक स्वास्थ्य समस्या नभएको घोषणा गरेको छ, तर यो रोग अझै पूर्णरूपमा समाप्त भएको छैन।
  • कुष्ठरोगले छाला, नसा, आँखा र नाकलाई असर गर्छ र लामो समयसम्म नजिकको सम्पर्कमा मात्र सर्न सक्छ, तर सबैमा रोग सर्छ भन्ने होइन।

कुष्ठरोगलाई सार्वजनिक स्वास्थ्य समस्या नभएको भनी नेपालमा कुष्ठरोग ‘उन्मूलन’ घोषणा गरेको दुई दशक पुग्न लाग्यो । तर अझै पनि यो रोग अझै पूर्णरूपमा समाप्त भइसकेको छैन ।

कुष्ठरोगलाई हामीले पनि समाजमा विद्यमान तर उपचारयोग्य रोगका रूपमा बुझ्न आवश्यक छ । कुष्ठरोग केवल चिकित्सकीय समस्या मात्र होइन, यससँग जोडिएको डर, भ्रम, सामाजिक अपहेलना र बहिष्कार अझै पनि हाम्रो समाजमा जीवित छन् । यही कारणले धेरै बिरामीहरू ढिलो स्वास्थ्य संस्थामा पुग्छन्, जटिलता बढ्छ र जीवनभर असर रहने अवस्था सिर्जना हुन्छ।

नामभन्दा परको वास्तविकता

कुष्ठरोगलाई पहिले नेपाली समाजमा महारोग वा महाकुष्ठ भनेर चिनिन्थ्यो। यी शब्दहरू संस्कृत र ऐतिहासिक धार्मिक ग्रन्थहरूमा प्रयोग भएका नाम हुन् । यी नामहरूसँग डर, हीनता, पूर्वजन्मको पापको फल र निको नहुने रोग भन्ने गलत धारणा गहिरो रूपमा गाँसिएको छ ।

यो रोग लागेका व्यक्तिलाई समाजबाट अलग राख्ने, छुननहुने र पारिवारिक तथा सामाजिक अधिकारसमेत खोसिने अवस्था देखिन्थ्यो । यही सामाजिक दृष्टिकोणले यसलाई रोगभन्दा बढी कलंकको रूपमा स्थापित गर्‍यो । तर आधुनिक चिकित्सा विज्ञानले स्पष्ट रूपमा प्रमाणित गरिसकेको छ कि- कुष्ठरोग अर्थात लेप्रोसी माइकोब्याक्टेरियम लेप्रे नामक ब्याक्टेरियाबाट हुने संक्रमणजन्य रोग हो ।

यो रोग सजिलै सर्दैन र समयमै उपचार गरे पूर्णरूपमा निको हुन्छ साथै उपचार सुरु भएपछि अरूलाई रोग सर्ने अवस्थामा रहँदैन । त्यसैले आजको सन्दर्भमा ‘लेप्रोसी’ भन्ने शब्द प्रयोग गर्नु वैज्ञानिक, सम्मानजनक र कलंकमुक्त दृष्टिकोण हो । आम जनताले बुझ्न सजिलो होस् भनेर लेप्रोसी (कुष्ठरोग) भन्ने संयुक्त प्रयोग उपयुक्त हुन्छ।

लेप्रोसी के हो ?

यो एक दीर्घकालीन संक्रमणजन्य रोग हो जसले मुख्यत: छाला, नसा, आँखा नाकको भित्री भागलाई असर गर्छ र पछि गएर धेरै अंगमा असर गर्न सक्छ । यो रोग बिस्तारै बढ्ने भएकाले सुरुका लक्षणहरू धेरैले बेवास्ता गर्छन्।

कसरी सर्छ ?

यो रोग सर्ने विषयमा धेरै भ्रम छन् । सामान्य श्पर्स गर्दा, हात मिलाउँदा, एउटै थालमा खाँदा सर्दैन। मुख्य रूपमा लामो समयसम्म नजिकको सम्पर्क हुँदा, एउटै घरमा बसोबास गर्दा, उपचार नगरिएको बिरामीसँग निरन्तर सम्पर्क भएमा सर्ने सम्भावना हुन्छ । तर सबै मानिसमा रोग सर्छ भन्ने होइन । धेरैको शरीरको प्रतिरक्षा प्रणालीले यसलाई रोक्न सक्छ।

लक्षणहरू

१. छालामा देखिने लक्षण : छालामा सेतो, रातो, फिका वा फुस्रो वा गाढा दाग हुनु, ती दागमा दुखाइ, चिलाउने वा पोल्ने नहुनु, तातो, चिसो वा छोएको महसुस नहुनु वा लामो समयदेखि नदुख्ने घाउ, वा डल्ला डल्लीहरू हुनु ।

२. नसा सम्बन्धी लक्षण : नसा फुल्नु वा कडा हुनु, हातखुट्टा झमझमाउनु, औँला कमजोर हुनु, समात्न, हिँड्न गाह्रो हुनु।

३. आँखा र नाक : आँखामा सुख्खापन, दुखाइ, आँखा राम्रोसँग बन्द नहुनु, नाक बन्द हुनु, रगत बग्नु।

यी लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा जाँच गराउनु अत्यन्त आवश्यक छ।

नेपालमा कुष्ठरोग उन्मूलनपछिको यथार्थ

नेपालले सन् २०१० यसलाई सार्वजनिक स्वास्थ्य समस्याको रूपमा उन्मुलन भएको घोषणा गर्‍यो । तर उन्मुलनको अर्थ रोग पूर्णरूपमा समाप्त हुनु होइन । अझैपनि कत्ति तराईका जिल्लामा यो उन्मुलन भएको छैन । आज पनि प्रत्येक वर्ष नयाँ केसहरू देखिन्छन् । केही जिल्लाहरूमा बालबालिकामा समेत रोग भेटिन्छ । धेरैजसो नयाँ केसहरू ढिलो चरणमा पहिचान हुन्छन् । यसले देखाउँछ- रोग नियन्त्रणमा त छ, तर सतर्कता अझै आवश्यक छ।

उपचार : सरल, निःशुल्क र प्रभावकारी

लेप्रोसी आज पूर्णरूपमा निको हुने रोग हो । यसको उपचारमा विभिन्न औषधिहरूको प्रयोग गरिन्छ । यसमा प्रयोग हुने औषधिहरुमा रिफाम्पिसिन, ड्याप्सोन र क्लोफाजिमिन हुन् । यी सबै औषधि नेपाल सरकार र विश्व स्वास्थ्य संगठनमार्फत निःशुल्क उपलब्ध छन् । रोगको अवस्था समान्य भएमा ६ महिना र गम्भीर भएमा १२ महिना देखि २४ महिनासम्म औषधि खानुपर्छ । औषधि नियमित रूपमा पूरा अवधि खानु आवश्यक छ ।

जटिलता र व्यवस्थापन

नसा बिग्रनु

नियमित परीक्षण, फिजियोथेरापी, हातखुट्टाको सुरक्षा, अचानक सुन्निने अवस्थामा तुरुन्त चिकित्सकको निगरानीमा स्टेरोइड वा अन्य औषधिको प्रयोग गर्नुपर्छ । यदि आँखामा समस्या छ भने नियमित आँखा जाँच गराउनुपर्छ, र समयमै उपचार वा शल्यक्रिया गर्दा यमस्या चाँडै निको हुन्छ।

तर, सबैभन्दा ठूलो समस्या यो रोग लागेपछि समाजले हेर्ने नजर हो ।

आज पनि धेरै बिरामी रोग लुकाउँछन्, जसले गर्दा उपचार ढिलो गर्छन् र समाजबाट बहिष्कृत हुने डरले पीडित हुन्छन् । कुष्ठरोग लागेकालाई अलग्याउने होइन, समयमै उपचार र सम्मान दिनु नै समाजको कर्तव्य हो ।

कुष्ठरोग
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कुष्ठरोग : उन्मूलन घोषणा गरेको वर्षौं बित्यो, अझै किन छ नेपालमा ?

कुष्ठरोग : उन्मूलन घोषणा गरेको वर्षौं बित्यो, अझै किन छ नेपालमा ?

वृद्ध क्यान्सर बिरामीका लागि नेपाल कति तयार छ ?

वृद्ध क्यान्सर बिरामीका लागि नेपाल कति तयार छ ?

औषधिजन्य दन्त मञ्जनहरू खुला बजारबाट बिक्री गर्न रोक्नुपर्ने माग

औषधिजन्य दन्त मञ्जनहरू खुला बजारबाट बिक्री गर्न रोक्नुपर्ने माग

अस्पतालको मुटु नर्स : जिम्मेवारी धेरै, चर्चा कम

अस्पतालको मुटु नर्स : जिम्मेवारी धेरै, चर्चा कम

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

गर्भावस्थामा हुने तनावले बच्चालाई प्रभाव पार्छ ?

गर्भावस्थामा हुने तनावले बच्चालाई प्रभाव पार्छ ?