News Summary
Generated by OK AI. Editorially reviewed.- चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ले १५ दिनमा घरेलु बक्सअफिसमा ७ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ।
- फिल्मले विदेशबाट १ करोड ७२ लाख रुपैयाँ ग्रस कमाएको छ, जसमा अमेरिकाबाट १ करोड रुपैयाँ समावेश छ।
- ‘आबाट आमा’को विश्वव्यापी कलेक्सन ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ र क्यानडा र बेल्जियममा प्रदर्शनको तयारी छ।
काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । १ करोड ६० लाख रुपैयाँमा बनेको फिल्मले १५ दिनसम्म सिनेपाः बक्सअफिसमा उत्कृष्ट कमाइलाई निरन्तरता दिएको हो ।
शुक्रबार मध्यान्हसम्म फिल्मले सिनेपाः बक्सअफिसमा ७ करोड ५ लाख नेरु ग्रस कमाएको छ । रात्रीकालिन शो जोड्दा फिल्मको कलेक्सनमा अझै बढोत्तरी हुने देखिन्छ ।
फिल्मले सोही अवधिसम्म विदेशबाट १ करोड ७२ लाख नेरु ग्रस कमाएको यसका निर्माता तथा निर्देशक पन्तले जनाएका छन् । उनका अनुसार फिल्मले अमेरिकाबाट मात्र १ करोड नेरु ग्रस कमाएको छ भने बाँकी ७२ लाख अस्ट्रेलिया, कतार, युएई र बहराइनबाट सम्भव भएको हो ।
यसअनुसार, फिल्मको विश्वब्यापी कलेक्सन ८ करोड ७२ लाख रुपैयाँ ग्रस हुन आउँछ । यो फिल्म शनिबारदेखि क्यानडा र अर्को सातादेखि बेल्जियममा प्रदर्शनको तयारीमा छ ।
‘आबाट आमा’ अभिनेता पल शाहको लिड एक्टर रहेको धेरै कमाउने फिल्म बनिसकेको छ । तर, उनी सहायक भूमिका रहेका फिल्महरू शत्रुगते र पूजार सार्कीको कमाइ अझै केही बढी छ । केही दिनमा फिल्मले ‘पूजार सार्की’ को लाइफटाइम कलेक्सन ७ करोड ३८ लाख नेरु ग्रसलाई उछिन्ने पक्का छ ।
पलकै सहायक रोल रहेको फिल्म ‘शत्रुगते’ को कमाइ १२ करोड ६५ लाख रुपैयाँ ग्रस छ । यसरी हेर्दा, पलको सोलो लिड फिल्मको रुपमा ‘आबाट आमा’ रहेको बुझ्न सकिन्छ ।
प्रतिक्रिया 4