News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले राष्ट्रिय लिग फुटबलमा बाराको नव जनजागृति युवा क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ।
- पुलिसका धिरेन्द्र बहादुर शाह र सञ्जीव लामाले दुई-दुई गोल गरे भने दशरथ गिरी, भरत साह र विजय उराउले एक-एक गोल गरे।
- पुलिसले ७ खेलबाट ७ अंक जोडेर अंकतालिकामा १०औं स्थानमा उक्लेको छ भने नव जन जागृतिले लगातार सातौं हार भोगेको छ।
१४ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय लिग फुटबलमा दोस्रो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीबार बिहान भएको पहिलो खेलमा पुलिसले बाराको नव जनजागृति युवा क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको हो । यो राष्ट्रिय लिगकै सबैभन्दा फराकिलो जित हो ।
पुलिसका लागि धिरेन्द्र बहादुर शाह र सञ्जीव लामाले दुई-दुई गोल गरे भने दशरथ गिरी, भरत साह र विजय उराउले एक-एक गोल गरे ।
३६औं मिनेटमा धिरेन्द्रले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा दशरथले गोल गर्दै अग्रता दोब्बर पारे ।
४५औं मिनेटमा भरत साहले गोल गरे । इन्जुरी समयमा सञ्जीवले दुई गोल गरेपछि पहिलो हाफमै पुलिस ५-० ले अगाडि रह्यो ।
दोस्रो हाफको ४८औं मिनेटमा धिरेन्द्रले व्यक्तिगत दोस्रो गोल गरे । ६१औं मिनेटमा विजयले गोल गरेपछि पुलिस ७-० ले विजयी भयो।
दोस्रो जितपछि ७ खेलबाट ७ अंक जोडेको पुलिस अंकतालिकामा १०औं स्थानमा उक्लेको छ ।
नव जन जागृतिको भने यो लगातार सातौं हार हो र अहिलेसम्म अंकविहिन रहेको यो टोली पूछारमा छ ।
लिगमा आजै प्लानिङ ब्वाइज र एनआरटी तथा त्रिभुवन आर्मी एफसी र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । दुवै खेल दशरथ रंगशालमा हुनेछ ।
प्रतिक्रिया 4