News Summary
Generated by OK AI. Editorially reviewed.- एपीएफ क्लबले राष्ट्रिय लिग फुटबलको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेको छ।
- एपीएफले १० खेलमा २४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ भने मछिन्द्र दोस्रो र आर्मी तेस्रो स्थानमा छन्।
- सबिन गुरुङले ७६औं मिनेटमा एकमात्र गोल गरेपछि 'प्लेयर अफ द म्याच' घोषित भएका छन्।
२८ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबार साँझ भएको विभागीय डर्बीमा एपीएफ एफसीले त्रिभुवन आर्मी एफसीलाई पराजित गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई १-० ले हराउँदै शीर्षस्थानमा पनि उक्लिएको छ । एपीएफले यो जितपछि अपराजित यात्रा कायम राख्दै उपाधि होडमा बलियो दाेबदारी कायम राखेको छ ।
जितपछि एपीएफको १० खेलमा २४ अंक भएको छ । ९ खेलबाट २२ अंक भएको मछिन्द्र दोस्रोमा झरेको छ भने १० खेलमा २० अंक भएको आर्मी चौथो स्थानमा छ । आर्मीको भने यो दोस्रो हार हो ।
एपीएफको जितमा सबिन गुरुङले एकमात्र गोल गरे । उनले खेलको ७६औं मिनेटमा गोल गरे । उनी नै ‘प्लेयर अफ द म्याच’ चुनिए ।
आज विहान भएको खेलमा चर्च ब्वाइज विजयी भएको थियो भने अपरान्ह भएको खेलमा संकटा क्लब विजयी भएको थियो ।
तस्वीर : एन्फा
प्रतिक्रिया 4